शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

राजु लामाको‘स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक,(हेर्नुस भिडियो)

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौँ , १३ कार्तिक – चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन ।

गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो । गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गर्नु भएको छ ।

 

प्रतिक्रिया