आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना : दुई जना घाइते

आइतवार , कार्तिक २२, २०८३

सिन्धुली, २२ कात्तिक – सिन्धुलीको फिक्कल गाउँपालिका–६, नाकथानस्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतवार जनाएको छ ।

शनिबार दिउँसो १ बजेर ५० मिनेटमा सोखुखोलाबाट घुर्मीतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ०२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय कमल विक र पछाडि सवार सोही स्थानका ३२ वर्षीय हेम खड्का घाइते भएका छन् ।

दुर्घटनामा चालक विकको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । मोटरसाइकलको पछाडि सवार खड्काको छाती, हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पुर्याइएको छ । हाल उनीहरूको सोही स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । 

 

प्रतिक्रिया