शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सन्दीप लामिछानेले रिलिज गरे नयाँ गीत, (हेर्नुस भिडियो)

बिहिवार , चैत्र १५, २०८०

काठमाडौं- सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन्। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्।

लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन्। बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले उनलाई मानसिक रूपमा तनावमुक्त गर्नका लागि गीत र अभ्यासमा व्यस्त राखिएको बताए।

उनले भने, ‘सन्दीप मानसिक रूपमा कमजोर हुँदै गएपछि उनलाई आफ्नो लगावको कामका रूपमा रहेको गीत र अभ्यासमा फोकसका लागि हामीले आग्रह गरेका छौं।’

लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको छ।

https://youtu.be/tX4ZW4YBnWY

प्रतिक्रिया