शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

नेपाल आईडलकी अस्मिता ‘मायाको घरबार’मा (हेर्नुस भिडियो)

सोमवार , श्रावण १२, २०७७

काठमाडौं ,१२ साउन– गीतकार डीपी दाहाल ‘परिश्रमी’को रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ ।

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथावस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गर्नु भएको छ । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने कोरीयोग्राफी प्रविन थापा र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गर्नु भएको छ ।

पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मिता अधिकारी र मन जित्ने संगीत श्रृजना गर्न सफल र स्वरका धनी पुरुषोतम सुवेदीको बेजोड स्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परिश्रमीले उतिकै मिठा शब्दहरु प्रस्तुत गरेका छन् ।

भिडियो :

सम्बन्धित विषय:

प्रतिक्रिया