सिन्धुलीमा दश वर्ष अघि यहि समयमा सगुन सौगात मिडिया प्रा.लिको प्रस्तुतिमा सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका प्रकाशनमा आएको थियो । जिल्लाको संचार तथा सूचनाको क्षेत्रमा सिन्धुली सौगातले एक दशक पार गरेको क्षणमा पाठकवर्ग, लेखक, कर्मचारी, विज्ञापनदाता, शुभचिन्तक तथा सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिन चाहान्छौँ । जब २०६७ साल साउन १ गते देखि सिन्धुली सौगात पाठकमाझ आयो, तबदेखि आजसम्म हामी निरन्तर सिन्धुलीवासीसँग जोडिएका छौँ । जिल्लावासीलाई सूचनाको हकबाट व ञ्चित हुन नदिन हामी शुरुवाति दिनदेखिनै सं घर्षरत छौँ । विभिन्न खुड्किला पार गर्दै, स मस्याहरुलाई छिचोल्दै हाम्रो सं घर्षको यात्राले निरन्तरता पाएको छ । पाठकसामु सूचना पुर्याउन हामी अनवरत रुपमा लागिपरेका छौँ । एक दशकको समय सानो अवधि होइन । तर, पाठवर्गको अधिकतम माया, सदभाव र हामीप्रति देखाएको विश्वासले गर्दा दश वर्षको यात्रा क ठिन भएपनि निरन्तर चलिरहेको छ । एक दशकको अवधिमा हामीले जिल्लाका थुप्रै मु द्धाहरु उठायौँ । हाम्रो कलमले जिल्लामा सुधारका प्रयास भए जुन पाठकवर्गमा जगजाहेर नै छ । भ्र ष्टाचार, आर्थिक अ नियमितता, अ व्यवस्थितता, पदको दु रुपयोगलाई सिन्धुली सौगातले कहिले पनि अपनत्व गरेन र गर्नेपनि छैन । हामी आजसम्म पनि कसैको द बाब र प्र भावमा परेर पाठवर्गमाझ प्रस्तुत भएका छैनौँ । भलई, हामीलाई प्रभावमा पार्न खोज्नेको कुनै पनि कमि थिएनन । हामीले अनवरत रुपमा व्यक्तिलाई भन्दा विषयलाई प्राथमिकता दिएका छौँ । मु द्धाको वजनलाई तौलेर हामी पाठकमाझ प्रस्तुत भएका छौँ । हामी विश्वस्त छौँ कि हामीले पत्रकारीताको धर्मप्रति झुकाव राखेको छौँ र निरन्तर राख्नेछौँ ।
हामीले बारम्बार भन्ने गरेका छौँ, पत्रकारीता क्षेत्र अ पजसिलो पेशा हो । समयक्रमसँगै हामी पनि त्यसको सि कार बन्यौँ । अ सन्तुष्ट पक्षले कहिले हामीलाई राजनैतिक दलको बिल्ला भिराए त कहिले पैसामा बिकेको आरोप समेत लगाए । तर, हामीले कहिले पनि राजनैतिक दल विशेष वा पैसाको प्रभावमा परेर समाचार लेखेनौँ । आफूमाथि लागेको आ रोपलाई समाचार नबनाइदिन प्र लोभनमा पार्ने झुण्डको सिन्धुलीमा कुनै कमि छैन । जिल्लामा अहिले पनि अ न्धभक्त भएर पहुँचमा पुगेकाहरुसँग चिप्लो घसेर घर गुजारा गर्नेहरु थुप्रै छन् । तर, हामीले कहिले पनि कसैको ह स्तक्षेप स्विकारेका छैनौँ । हामी पाठकवर्गको साथ र सहयोगले नि डर र निष्पक्ष भएर समाचार सम्प्रेषण गरिरहदा अरुले आ लोचना गर्नु स्वभाविक पनि हो । अ सन्तुष्ट पक्षले हामीलाई जुनै राजनैतिक दलको बिल्ला भिराएपनि हामी बे थिति र बि संगतिप्रति समाचार मार्फत धा वा बोल्नेनैछौँ र बोलिरहेका छौँ । व्यक्तिगत जिवनमा राजनैतिक आस्था बोक्नु स्वभाविक हो । तर, प्रत्रकारित क्षेत्र संग आबद्ध भइसकेपछि व्यक्तिगत जिवनको महत्वकांक्षा र राजनैतिक आस्थालाई कहिले पनि स्विकार गरिदैन । त्यहि आस्थालाई बोकेर सिन्धुली सौगात अघि बढिरहेको छ । हामी विश्वस्त छौँ कि कुनै पनि राजनैतिक दल, संघ संस्था वा व्यक्तिले कानुन वि परित काम गर्छ भने हामी त्यसको वि रोधमा समाचार लेख्नेछौँ र लेखिरहेका पनि छौँ ।
जिल्लाको संचार क्षेत्रमा विज्ञापनको सधैँ खडेरि हुने गर्दछ । प्रिन्ट मिडिया धान्नकालागि त अझै मुश्किल छ । पत्रिकाको मुख्य आय श्रोतनै विज्ञापन हो । सिन्धुली जस्तो सानो ठाउँ जहाँ विज्ञापनदाताको कमि छ तर पनि पत्रिकाप्रति अ सन्तुष्ट रहेको पक्षले विज्ञापनको ख डेरी गराउन र एउटा संस्थाप्रति व्यक्तिगत रिसिबि साधेर अघि बढ्दा हामी कहिकतै दुखिद छौँ । तर पनि हाम्रो अनवरत यात्रामा त्यस्ता रि सिबिले आर्थिक सं कट निम्त्याएपनि पत्रिका प्रकाशनमा कुनै पनि बाधा नपुग्ने पाठवर्गलाई विश्वास दिलाउन चाहान्छौँ । हाम्रो निरन्तरको सं घर्ष र पाठकवर्गले दिनु भएको मायालाई प्रेश काउन्सिलले स्विकारेको छ । प्रेस काउन्सिलले हामीलाई जिल्लाको अरु पत्रिका भन्दा वर्गिकरणमा माथिनै राखेको छ । प्रेस काउन्सिलप्रति हाम्रो संस्था सधै कृतज्ञता व्यक्त गर्दछ । साथै, पत्रकारीताको धर्मप्रति हामी सधैँ बफादार रहेर अघि बढ्ने विश्वास पनि सबैलाई दिलाउन चाहान्छौँ ।
पत्रिकाको अ सन्तुष्ट पक्षलाई हामी के पनि भन्न चाहान्छौँ भने हाम्रा समाचार व्यक्तिप्रति लक्षित नभई बे थितिप्रतिको प्रहार हो । हामीले कहिले पनि व्यक्तिगत रि सिबिलाई संस्थाको मार्फत धा वा बोलेका छैनौँ र बोल्ने छैनौँ । तर, समाज र नागरिकको मौलिक हकप्रति कोहि कसैले ह स्तक्षेप गर्छ भने ती व्यक्ति, संघ, संस्थालाई सिन्धुली सौगातले न्याय दिलाउन सधैँ लागिपर्ने छ । राम्रा काम गर्नेलाई प्रोत्साहन गर्ने र नराम्रा कामको वि रुद्धमा आवाज उठाउन हामी कहिले पनि विचल्लित हुनेछैनाँै । हाम्रा कमिकमजोरी औँल्याइदिने सम्पुर्णमा धन्यवाद दिन चाहान्छौँ र आगामी दिनमा पनि सुझावको अपेक्षा गर्दछौँ । सुखी सिन्धुलीवासी, समृद्ध सिन्धुली निर्माणकालागि हामी कहिकतै चुक्यौँ वा हाम्रो नजर बे थितिप्रति पुग्न सकेन भने जिल्लावासीले हामीलाई सधैँ झक्झकाउने छन् भन्ने अपेक्षा राख्छौँ । सिन्धुली सौगातको एक दशकको यात्रा तपाईँहरुको साथ र सहयोग बिना कल्पना गर्न सकिदैँन । अन्तमा, फेरि पनि हामी हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, आलोचक एवं सम्पूर्णलाई हाम्रो यात्रामा जोडिनुभएकोमा धन्यवाद दिन चाहान्छौँ ।