काठमाडौँ,९ असार – नेपालले ल कडाउन खेपेको पनि निक्कै भैसक्यो । यो अवधिमा सरकारको कामलाई फितलो भन्दै बि रोध गर्नेहरु पनि निस्किए । यता प्रधानमन्त्री केपि शर्मा ओलिको बोलिलाई पनि आम नागरिकले उडाउन सम्म उडाए । उहाँले दिएका अभिव्यक्ति सामाजिक संजालमा ट्रोल बने संगै राजनैतिक हस्तीहरु प्रधानमन्त्री ओलिको आलोचक बन्न पुग्नु भयो ।
यो संगै एक समुहले भने कोरोनाको बारे प्रधानमन्त्री ओलिले बोलेको आलोचित कुराहरुलाई गीत नै बनाएका छन् । उहाँले कोरोनाबाट बच्न ‘बेसार पानी खानु’, ‘हाछ्यु गरेर उडाउनु’ लगायत दिएका अभिव्यक्तिहरु अहिले सामाजिक संजालमा भाईरल भैरहेको परिवेशमा यस्तो गीत निस्किएको हो । गीतमा पनि रमाईलो शैलिमा प्रधानमन्त्री ओलिलाई उडाउनु भएको छ ।
गीतलाई प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीले गाउनु भएको भने उहाँहरु तिनै जनाले शब्द संकलन तथा गीतमा संगीत भर्नु भएको छ । तारानाथ आचार्यले म्युजिक एरेन्ज गर्नु भएको छ । काठमाडौको डाडामा ब्याण्ड सहित छायांकन गरिएको भिडियोलाई गणेश सापकोटाले खिच्नु भएको छ भने भिडियो निर्देशन गायकहरुकै रहेको छ । भिडियो सम्पादन सुवास अमगाईले गर्नु भएको छ । गीत युट्युबमा सार्बजनिक भएको केही घन्टामा नै टिकटकमा भाईरल हुन सुरु भएको छ ।