शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्का पक्राउ

आइतवार , चैत्र १५, २०८२

 

काठमाडौँ,१५ चैत — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई आइतबार बिहान काठमाडौँको महाराजगन्ज क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार खड्काविरुद्ध जारी गरिएको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान आवश्यक भएकाले तत्काल नियन्त्रणमा लिनुपरेको उल्लेख गरिएको छ । उक्त पुर्जी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ९ बमोजिम जारी गरिएको बताइएको छ ।

सीआईबीले खड्कालाई नियन्त्रणमा लिएपछि हाल हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ । अनुसन्धानका क्रममा आर्थिक कारोबार, सम्पत्तिको स्रोत र सम्भावित गैरकानुनी गतिविधिबारे विस्तृत छानबिन गरिने प्रहरीको भनाइ छ ।

उक्त घटनाले राजनीतिक वृत्तमा समेत चासो र चर्चा उत्पन्न गरेको छ । यसबारे सम्बन्धित निकायले थप तथ्य र प्रमाणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको छ । प्रहरीले अनुसन्धान निष्पक्ष र कानुनसम्मत ढंगले अगाडि बढाइने स्पष्ट पारेको छ ।

22.jpg
undefined

 

प्रतिक्रिया