काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा पर्नु भएको छ । उहाँलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उहाँले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेख्नु भएको थियो । सोही विषयमा उहाँलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
“जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो” छुम्बीले भन्नुभयो ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउनुहुने छैन् । सोही विषयमा उहाँसँग स्पष्टीकरण पनि सोधिएको छ ।