सिन्धुलीमा स्कुटरको ठक्करबाट पैदलयात्री घाइते

आइतवार , आश्विन १८, २०८३

सिन्धुली,१८ असोज — कमलामाई नगरपालिका–५ मधुटारमा स्कुटरको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन् । शनिवार करिब १२;०० बजे भएको दुर्घटनामा कमलामाई नगरपालिका–२ भद्रकाली बस्ने ६५ वर्षीया भुपिन्द्र माया सुनार घाइते भएकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतवार जानकारी दिएको छ ।

प्रहरीका अनुसार कमलामाई नगरपालिका–५ मधुटार बस्ने २१ वर्षीय विष्णु बि.क.ले चलाएको प्र.२–०४–००१ प १७७२ नम्बरको स्कुटरले पैदल हिँडिरहेकी सुनारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि स्कुटर चालक स्वयंले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याएका थिए । सुनारको टाउको र दायाँ खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक बि.क. पनि सामान्य घाइते भएका छन् । उनको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ ।

प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेको जनाएको छ । यसैबीच, दिउँसो १२;३५ बजे घाइते सुनारलाई थप उपचारका लागि बीएनबी अस्पताल, काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया