बुधवार, भाद्र ३१ गते २०८३

Wednesday 16th September 2026

बाढीपीडित लाई  सिन्धुलीका पोल्ट्री व्यवसायीको सहयोग

बिहिवार , भाद्र २५, २०८३

सिन्धुली,२५ भदौ — गत भदौ १० गते आएको बाढी पहिरोका कारण प्रभावित भएका लाई राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीका पोल्ट्री व्यवसायीहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि पठाइएको सहयोग पत्रमा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिएको छ। उक्त सहयोग रकम सिन्धुलीका पोल्ट्री व्यवसायीहरूको तर्फबाट संकलन गरिएको हो ।

सहयोग विवरणअनुसार कुल ३ लाख ४० हजार ९९९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उल्लेख गरिएको छ । सहयोग गर्ने व्यवसायी तथा फर्महरूको सूचीमा कमलामाई ह्याचरी प्रा.लि.बाट ५० हजार रुपैयाँ, कमलामाई पोल्टी मार्ट, कमलामाई पोल्टी एण्ड फिड, कमलामाई फिड एण्ड फुड सप्लायर्स, कमलामाई भेट सप्लायर्स र कमलामाई मल्टी एग्रो प्रोडक्टबाट जनही २५ हजार रुपैयाँ सहयोग रहेको छ ।

त्यसैगरी धमिजा बहुउद्देश्यीय कृषि फार्म, आर.एस. कृषि तथा पशुपन्छी फार्म र अनुरोध कृषि तथा पशुपन्छी प्रा.लि.ले जनही १५ हजार रुपैयाँ सहयोग गरेका छन ्। जोशी पोल्टी फार्म, श्रेष्ठ पोल्टी फार्म, शुभश्री कृषि तथा पशुपन्छी फार्म र एस.एस. पोल्टी फार्मबाट जनही १० हजार रुपैयाँ सहयोग गरिएको विवरणमा उल्लेख छ ।

सहयोग गर्ने अन्य व्यवसायीहरूमा लक्ष्मी कृषि तथा पशुपन्छी फार्म, न्यू गौमती कृषि तथा पशुपालन फार्म, भद्रकाली कृषि तथा पशुपन्छी फार्म, विष्णु बहादुर खत्री (जैविक ब्रोइलर कृषि फार्म), सरस्वती पशुपन्छी पालन तथा कृषि फार्म, जनहित कुखुरा फार्म, अविशा पोल्टी फार्म, शारदा पोल्टी फार्म, श्रेष्ठ कृषि तथा पशुपन्छी पालन फार्म, राना सन्तान बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म, शुलभ पोल्टी फार्म, गोलन्जोर चिसापानी कृषि तथा पशुपन्छी फार्म, सञ्जु कृषि तथा पशुपन्छी फार्म, सक्षम कृषि तथा पशुपन्छी फार्म, बुद्धि आले, सिम्लेघट्टा कृषि तथा पशुपन्छी फार्म, तिलक श्रेष्ठ, चोलागाईं कृषि तथा पशुपन्छी फार्म, मिन बहादुर श्रेष्ठ, गोलन्जोर नमुना पशुपन्छी फलफूल तरकारी कृषि फार्म, एस.के. कृषि तथा पशुपन्छी फार्मलगायत रहेका छन् ।

त्यस्तै उद्धव पाण्डेल, प्रेमलाल ढकाल, श्री कृष्ण पशुपन्छी फार्म, बन्दना अधिकारी, काकी पोल्टी फार्म, सिताराम कोइराला र टलक थापाले समेत सहयोग प्रदान गरेका छन् । सहयोग रकम न्यूनतम १ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म रहेको छ ।

पोल्ट्री व्यवसायीहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित समुदायको राहत र उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत संकलित रकम विपद् प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग गरिनेछ ।

प्रतिक्रिया