सिन्धुली,०६ चैत , — सीमित स्रोत र घरायसी सुरुवातबाट अघि बढेको अचार व्यवसाय ‘पिरो बाइट्स’ अहिले देशभर फैलिँदै गएको छ । सिन्धुलीकी पूर्णिमा रञ्जितकार र नेपालगन्जकी कल्पना शर्माले करिब ६ महिना अघि संयुक्त रूपमा सुरु गरेको यो उद्यम छोटो अवधिमै ग्राहकबीच लोकप्रिय बन्न सफल भएको छ ।
बफ, मटन र चिकेन अचार उत्पादन गर्दै आएको ‘पिरो बाइट्स’ ले स्वाद र गुणस्तरका कारण बजारमा छुट्टै पहिचान बनाउँदै गएको छ । प्रारम्भमा सानो परिमाणबाट सुरु गरिएको उत्पादन अहिले देशभर मागअनुसार विस्तार हुँदै गएको सञ्चालकद्वय बताउँछन् ।
अनलाइन माध्यमको प्रभावकारी प्रयोग गर्दै व्यवसाय विस्तार गरिएको छ । इन्स्टाग्राम, फेसबुक पेज तथा व्हाट्सएपमार्फत अर्डर लिने व्यवस्था मिलाइएको छ भने काठमाडौँको पेप्सीकोलामा ‘पिरो बाइट्स’ को भौतिक पसलसमेत सञ्चालनमा रहेको छ । उक्त पसलमा अचारका साथै चाउमिन, मःम लगायतका फास्ट फुड परिकारहरू पनि उपलब्ध छन् । यससँगै देशभर डेलिभरी सुविधा उपलब्ध गराइएको छ ।
ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले व्यवसायलाई थप ऊर्जा दिएको उनीहरूको भनाइ छ । “ग्राहकहरूको राम्रो प्रतिक्रिया पाउँदा अझै गुणस्तर सुधार गर्दै अघि बढ्ने प्रेरणा मिलेको छ,” सञ्चालकद्वयले बताए ।
अचार किन्न इच्छुक ग्राहकहरूले इन्स्टाग्राम र फेसबुकमा ‘Piro Bites’ ’ सर्च गरी अर्डर गर्न सक्नेछन् । साथै, सिधै सम्पर्क गर्न चाहनेहरूले ९८१२००३६३० ÷ ९८४८१२९२८६ नम्बरमा फोन वा व्हाट्सएपमार्फत अर्डर दिन सक्नेछन् ।
उनका अनुसार, अबको लक्ष्य अन्तर्राष्ट्रिय बजारमा नेपाली स्वाद पुर्याउने रहेको छ । “नेपालमै बसेर पनि ठूलो व्यवसाय सम्भव छ भन्ने देखाउन चाहन्छौं,” उनीहरूले बताए ।
महिला उद्यमशीलताको सशक्त उदाहरणका रूपमा ‘पिरो बाइट्स’ उदाउँदै गएको छ । लगनशीलता, आत्मविश्वास र निरन्तर प्रयासका कारण छोटो समयमै सफलता हासिल गरेको यो प्रयासले अन्य महिलालाई पनि व्यवसायतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।