शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली बजारमा ‘टिभिएस स्मार्ट साटफेर महोत्सव’ सुरु

बुधवार , फाल्गुण ६, २०८२

 

सिन्धुली,०६ फागुन — मधेश प्रदेश तथा आसपासका सवारी प्रयोगकर्तालाई लक्षित गर्दै सिन्धुली बजारमा फागुन ६ गतेदेखि फागुन ११ गतेसम्म ‘टिभिएस स्मार्ट साटफेर महोत्सव’ आयोजना सुरु भएको छ । नयाँ जनकी अटो इन्टरप्राइजेज, बर्दिबासद्वारा आयोजित उक्त महोत्सवले पुराना मोटरसाइकल तथा स्कुटर प्रयोगकर्तालाई विशेष सुविधा सहित नयाँ टिभिएस सवारी घर लैजाने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर ग्राहकले आफ्नो जुनसुकै कम्पनीको पुरानो दुईपांग्रे सवारी साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सक्नेछन् । कार्यक्रममा अधिकतम एक लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ भने पुरानो सवारीको सबैभन्दा उच्च मूल्यांकन सुनिश्चित गरिने आयोजकको दाबी छ । यसले प्रयोगकर्तालाई बजार मूल्यभन्दा बढी लाभ मिल्ने अपेक्षा गरिएको छ ।

ग्राहकलाई थप आकर्षित गर्न निःशुल्क हेल्मेट तथा अन्य आवश्यक सामग्री समेत प्रदान गरिनेछ । साथै महोत्सवको प्रत्येक दिन भाग्यशाली ग्राहकलाई सुनको सिक्का उपहार दिइने विशेष योजना राखिएको छ । आयोजकका अनुसार यसले उपभोक्तामा उत्साह थप्ने विश्वास गरिएको छ ।

सवारी खरिद प्रक्रियालाई सहज बनाउन छिटो–छरितो कर्जा सुविधाको पनि व्यवस्था गरिएको छ । ग्राहकसँग नागरिकता र सवारी चालक अनुमतिपत्र भए मात्र तत्काल कर्जा स्वीकृति गरी सवारी हस्तान्तरण गरिनेछ । ग्रामीण तथा अर्धशहरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्य गरी झन्झटमुक्त सेवा दिन यो व्यवस्था गरिएको बताइएको छ ।

यसैगरी टिभिएसका सवारीमा आजीवन वारेन्टी सुविधा समेत प्रदान गरिने जनाइएको छ, जसले दीर्घकालीन प्रयोगमा विश्वासिलोपन र मर्मत खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा इन्धन किफायती तथा टिकाउ सवारीका रूपमा टिभिएसको माग बढ्दै गएको अवस्थामा यस्तो महोत्सव उपभोक्ताका लागि उपयुक्त अवसर हुने स्थानीय व्यवसायीको भनाइ छ ।

आयोजकले सिन्धुली तथा आसपासका जिल्लाका ग्राहकलाई समयमै उपस्थित भई सुविधा लिन आग्रह गरेको छ। इच्छुक ग्राहकले थप जानकारीका लागि ९८१७६१४९४५ वा ९८०१६७४१४७ मा सम्पर्क गर्न सक्नेछन् ।

छोटो अवधिका लागि सञ्चालन हुने यो साटफेर महोत्सवले पुरानो सवारी परिवर्तन गरी नयाँ प्रविधियुक्त सवारी प्रयोग गर्न चाहनेहरूका लागि विशेष अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया