शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा स्थानीय तहको बेरुजु झण्डै एक अर्ब २६ करोड नजिक

मंगलवार , आषाढ १०, २०८२

सिन्धुली ,१० असार – यहाँका स्थानीय तहको बेरुजु रु झण्डै एक अर्ब २६ करोड नजिक पुगेको छ । जिल्लाका २ नगरपालिका र सात गाउँपालिकासहित जम्मा ९ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म रु एक अर्ब २५ करोड ७५ लाख २४ हजार छ । यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र रु २० करोड ५२ लाख ४४ हजारमाथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौँले वार्षिक लेखापरीक्षण प्रतिवेदनमा औँल्याएको छ ।

जिल्लाका स्थानीय तहमध्ये तिनपाटन गाउँपालिकाको बेरुजु सबैभन्दा बढी रु ३६ करोड ०९ लाख ४६ हजारमाथि छ । आव २०८०÷८१ को मात्र पनि तिनपाटनको बेरुजु रु चार करोड करोड ९ लाख ४६ हजारमाथि छ । त्यसैगरी सुनकोशी गाउँपालिकाको बेरुजु रु २२ करोड ९० लाख ६७ हजार नाघेको छ । सुनकोशीको आव २०८०/८१ को बेरुजु रु ३३ लाख २८ हजारमाथि छ ।

घ्याङलेख गाउँपालिकाको रु १४ करोड २७ लाख,१३ हजारमाथि छ । घ्याङलेखको आव २०८०/८१ को बेरुजु रु १करोड चार लाख ४ हजारमाथि छ । मरिण गाउँपालिकाको रु १० करोड ६५ लाख ८० हजारमाथि छ । मरिणको आव २०८०/८१ को बेरुजु रु ३ करोड एक् लाख ८० हजारमाथि छ । कमलामाई नगरपालिकाको रु ९ करोड ६३ लाख ३ हजार माथि छ । कमलामाईको आव २०८०/८१ को बेरुजु रु २ करोड ७६ लाख ९३ हजारमाथि छ । हरिहरपुरगढी गाउँपालिकाको रु ८ करोड ९६ लाख २० हजार माथि छ । हरिहरपुरगढीको आव २०८०/८१ को बेरुजु रु एक करोड ४८ लाख ४८ हजारमाथि छ ।

गोलञ्जोर गाउँपालिकाको रु ८ करोड ७४ लाख ७६ हजारमाथि छ । गोलञ्जोकोे आव २०८०/८१ को बेरुजु रु तिन करोड ३० लाख ६० हजारमाथि छ । फिक्कल गाउँपालिकाको रु ८ करोड ३९ लाख ५३ हजार माथि छ । फिक्कलको आव २०८०/८१ को बेरुजु रु २ करोड ३७ लाख ६२ हजारमाथि छ । र दुधौली नगरपालिकाको रु ६ करोड आठ लाख ६६ हजारमाथि बेरुजु पुगेको छ । दुधौलीको आव २०८०/८१ को बेरुजु रु एक करोड ७४ लाख ६८ हजारमाथि छ । यी ९ वटै स्थानीय तहको आव २०८०/८१ को मात्र पनि बेरुजु रु २० करोड ५२ लाख ४४ हजारमाथि छ । आव २०८०/८१ को मात्र बेरुजु केलाइँदा तिनपाटनको सबैभन्दा बढी रु चार करोड ४५ लाख १ हजार प्रतिवेदनमा उल्लेख छ ।

बेरुजु देखिएका रकम सबै आर्थिक अनियमितता नै हुने नभई कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर र नियमित नगरेर पनि देखिएको हुनसक्ने प्रतिवेदनमै उल्लेख छ । यसपालि आव २०८१/८२ सकिनै लाग्दा विगतका बेरुजु घटाउन स्थानीय तहले के–कस्ता पहलकदमी लिए, त्यो भने अब आउने आर्थिक वर्षमा गरिने लेखापरीक्षणबाट स्पष्ट हुने लेखा प्रणालीका जानकार लेखापरिक्षक अच्युतम ढकाल बताउनुहुन्छ ।

प्रतिक्रिया