शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पसल बन्द गरेर आन्दोलनमा उत्रिए सिन्धुलीका सुनचाँदी व्यवसायी

बिहिवार , जेठ ३०, २०८२

सिन्धुली,२९ जेठ – सिन्धुलीका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलन उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अध्यक्ष बिष्णु बहादुर बिश्वकर्माले बताउनुभयो ।

राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको छ ।

त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र बिश्वकर्माले जानकारी दिनुभयोभयो ।

घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको उहाँले बताउनुभयो ।

सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर ४ प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै ६ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन ।

संघर्षका कार्यक्रम अनुसार आज जेठ २९ गते पसल बन्द गरेर चाँबी सहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष बिष्णु बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया