शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

७ महिनामा ५२ करोडको कोदो आयात

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौँ , १३ फागुन - सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो ।

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ ।

सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया