शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका स्थानीय तहलाई आन्तरिक राजश्व उठाउनै सकस

आइतवार , मंसिर २, २०८१

सिन्धुली – सिन्धुलीका स्थानीय तहलाई राजस्व उठाउन सकस परेको छ । पालिकाहरूले अघिल्ला वर्षमा उठाउँदै आएका कर पनि उठाउन सकेका छैनन् ।

कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा मनोरञ्जन कर उठाएको थियो । नगरपालिकाले प्रदेश सञ्चित कोषमा १६ हजार बढी मनोरञ्जन कर जम्मा गरेको थियो । स्थानीय तहले उपदफा ‐२) बमोजिम विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत रकम आफ्नो स्थानीय सञ्चित कोषमा र चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्ने व्यवस्था अनुसार नगरपालिकाले चालित प्रतिशत मनोरञ्जर कर जम्मा गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भने मनोरञ्जन कर उठाउन सकेनन् । नगरपालिकाले गत आर्थिक वर्ष एक रुपैँया पनि मनोरञ्जन कर नठाएको हो । कर उठाउन नसकेको कारण नगरपालिकाले प्रदेश सञ्चित कोषमा एक रुपैया पनि जम्मा गर्न सकेको छैन । पालिकाले बाल उद्यान, पार्क, ताल तलैया जीपलाइन, प्याराग्लाइडिङ, मेला, महोत्सव लगाएतका मनोरञ्जन स्ललमा अनुसूची ३ बमोजिमको मनोरञ्जन कर लगाइने र असुल उपर गरिने व्यवस्था छ । जिल्लाका नौँ वटै स्थानीय तहले मनोरञ्जन कर उठाएका छैनन् ।

गोलन्जोर गाउँपालिकाले अघिल्लो वर्ष २०७९÷८० मा विज्ञापन कर बापत ८२ हजार प्रदेश सञ्चित कोषमा जम्मा गरेको थियो । विज्ञापन करको चालिस प्रतिशत ८२ हजार प्रदेशमा जम्मा गरेको भएपनि आर्थिक वर्ष २०८०/८१ मा एक रुपैया जम्मा गरेको छैन । गाउँपालिकाले २०८०÷८१ मा विज्ञापन कर नउठाएको कारण जम्मा गर्न नसकेको हो । ठेक्का नलागेको कारण कर उठाउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

कमलामाई नगरपालिकाले पनि अघिल्लो वर्ष २०७९/८० मा विज्ञापन कर बापत २ लाख २६ हजार रुपैयाँ राजश्व प्रदेशको सञ्चित कोषमा जम्मा गरेको थियो । यो । नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा एक रुपैया पनि उठाउन सकेको छैन् । बारम्बार ठेक्का खुलाउँदा समेत कुनै पनि कम्पनीले ठेक्का नहालेको नगरपालिकाले जानकारी दिएको छ । तीन पटक सम्म ठेक्का खुलाउँदा ठेक्का हाल्ने कोहि नभएको नगरपालिकाले बताएको छ ।

जिल्लाको मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा दहत्तरबहत्तरको ४० प्रतिशत कर १४ लाख १५ हजार प्रदेशको सञ्चित कोषमा जम्मा गरेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा भने गाउँपालिकाले एक रुपैया पनि जम्मा गर्न सकेको छैन । गाउँपालिकाले प्रदेशको सञ्चित कोषमा दहत्तबहत्तरको कर नपठाएको बागमती प्रदेशले जानकारी दिएको छ ।

प्रतिक्रिया