शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सिन्धुली बजार डटकम संचालन

शुक्रवार , कार्तिक २, २०८१

सिन्धुली – सिन्धुलीमा अनलाइनबाट आफुलाई चाहिने आवश्यक सामाग्री खरिद गर्न सकिने भएको छ । सिन्धुली बजार डटकमको माध्यमबाट आफुलाई आवश्यक विभिन्न सामाग्री खरिद गर्न सकिने भएको हो ।

घरमै बसेर खाद्यन्नका सामान, भाडामा गाडी, पेय पदार्थ र तयारी खाजा,खाना अर्डर गर्न सकिने सिन्धुली बजार डटकमका संचालक कुमार दुलालले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा चौबिसै घण्टा अनलाइन सेवा उपलब्ध हुनेछ । नागरिकले घरमै बसेर प्रविधिको सहयोग मार्फत आफूलाई आवश्यक पर्ने अधिकांस सामान खरिद गर्न सक्ने छन् । “बजार वा पसलमा पुगेर सामान छनौट गर्दा एकातिर समय बढी लाग्छ भने सबै पसलमा पुग्नु संभव पनि हुँदैन । त्यसैले अहिले उपभोक्ताले मोवाइलकै माध्यमबाट आवश्यक सामान किन्न हामीले अनलाइन व्यवसाय सुरु गरेका छौँ । सिन्धुलीबजार डटकमबाट तरकारी देखि तयारी खानाखाजा समेत अर्डर गर्न सकिने छ ,” संचालक दुलालले भन्नुभयो ।

सिन्धुलीमा भर्खरै खुलेको सिन्धुली बजार डटकममा गरेको एक क्लिकले सामान घरमै पुग्ने छन् । “हामीकहाँबाट स्वदेश तथा विदेशबाट पनि अर्डर गर्नसक्नु हुनेछ, हामी त्यसलाई उहाँहरुले भनेकै बेला ग्राहककहाँ पु¥याइदिन्छौँ । हाम्रो साइटमा सामान अर्डर गरेपछि अनलाइनबाटै पैसा तिर्ने सुविधा छ ,” उहाँले भन्नुभयो ।, ‘अब घरमै आइपुग्यो बजार’ भन्ने नारासहित खुलेको सो साइटबाट सिन्धुलीका विभिन्न रेष्टुरेडको खाना र खाजाका साथै दैनिक चाहिने सामान किन्नसक्ने व्यवस्था छ । सामान बजार मूल्यमै पाइन्छ । तर, सामान घर पुर्‍याएवापत भने सो अनलाइनले निश्चित् शुल्क भने लिन्छ । अनलाइन साइटमा ग्राहकलाई गुणस्तरबारे जानकारी दिने गरी विभिन्न फिचर्स समेत राखिएको छ ।

उहाँका अनुसार प्रविधिले मानिसको जीवन सहज बनाउँदै लैजाँदा बजारमा किनमेलका लागि बजार जाने समय अनलाइन शपिङ साइटले बचाउन मद्दत गरिरहेका छन् । पसल–पसल मोलमोलाइ गर्दै दौडधूप गर्ने झञ्झट पनि हटेको छ । पछिल्लो समयमा भएको सूचनाप्रविधिको विकास तथा अनलाइन सपिङप्रतिको बढ्दो आकर्षणलाई देखेर यो व्यवसाय सुरु गर्नुभएको दुलालले अनलाइन व्यापारको भविष्य राम्रो भएको बताउनुहुन्छ । अनलाइन व्यवसायमा भविष्य देखेर नेपालमा धेरै कम्पनीहरु अहिले यो व्यवसायमा जोडिएका छन् । अनलाईन कारोबारमा नगद पैसा भुक्तानी गर्न पनि झञ्झट छैन । अनलाइनबाटै पैसा पनि तिर्न सुविधा छ । यसले बजारमै गएर बार्गेनिङ गर्दै हुने खरीददारीको परिपाटी परिवर्तन गर्दैछ । अनलाइन डिस्प्ले गरिएका सामग्रीमध्ये छानी–छानी अर्डर गर्नेहरूको अनुभव पनि फरक–फरक छ । कसैले अनलाइन किनमेललाई भरपर्दो मान्दैनन् भने कोही भौतिक बजारका भन्दा बढी सजिलो र विश्वसनीय कारोबार मान्छन् । किनमेल सजिलै हुने भएकाले पछिल्ला वर्षमा अनलाइनमा ग्राहक झुम्मिन थालेका छन् ।

प्रतिक्रिया