शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा करोडौँ लागतमा होटल तथा रिसोर्ट

मंगलवार , भाद्र ४, २०८१

सिन्धुली – सिन्धुली जिल्लाका मुख्य पर्यटकिय क्षेत्रमा ठुलो लगानीमा रिसोर्ट तथा होटेल खुल्ने क्रम बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट खुल्ने यो क्रम बढ्दै गएको हो ।

सिन्धुली चिनाउने पहिलो आधार सिन्धुलीगढी साथै युद्ध संग्राहलय हो । जिल्ला स्थित नागबेलि विपि राजमार्ग छेउछाउमा रिसोर्ट खोल्ने प्रतिस्पर्धा चल्न थालेको छ । त्यसमा पनि अधिकांशको रोजाइ मूलकोट बन्ने गरेको छ । त्यस्तै स्वादका पारखीहरूका लागि सुनकोशी किनारमा होटल तथा रिसोर्ट खुलेका छन् । गर्मीमा खुल्ला आकाशमुनि तथा नदीको किनारमा रमाउनुको मज्जा बेग्लै हुन्छ । जाडोमा भने यहाँ क्याम्प फायर गर्दै रमाउनेहरूको कमी हुँदैन ।

सिन्धुलीगढी घुमेर फर्किने तथा नागबेली विपि राजमार्गमा यात्रा गरि फर्किने पर्यटकको भोक र प्यास मेटाउने गन्तव्य हो, मूलकोट । साथै पर्यटन कै माध्यमबाट रोजगारी सिर्जना गर्न भन्दै स्थानीय युवाहरुको लगानीमा मूलकोटमा ठुलाठुला रिसोर्ट संचालनमा आएका छन् । स्थानिय मनोज श्रेष्ठले १० करोडको लगानीमा ताज रिसोर्ट संचालनमा ल्याउनु भएको छ ।

रिसोर्टमा ¥याफटिङको सुविधा समेत रहेको छ । यस्तै मूलकोटमै राम प्रसाद नेपालले झण्डै १५ करोड लागतमा अक्सिट बिच रिसोर्ट एण्ड ¥याफटिङ संचालनमा ल्याउनु भएको छ । सिन्धुलीगढी घुमेर फर्किने साथै सुनकोशीमा ¥याफटिङ गर्न रिसोर्टमा आउने आन्तारिक तथा बाह्यि पर्यटकको लर्को लाग्ने गरेको हो । ५ वटा ¥याफटिङ बोट, स्विमिङको सुविधा, सेमिनार हल, एसियुक्ता सुविधा सम्पन्न कोठा रहेको रिसोर्टमा दैनिक पर्यटक बढ्ने क्रम रहेको संचालक नेपालले बताउनुभयो । रिसोर्टमा नेपालथोक मन्दिरको कुशेश्वर मन्दिर देखि रिसोर्टसम्म ¥याफटिङको सेवा समेत रहेको छ ।

हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको होटल पौवा प्रालिले सुनकोसी किनार मूलकोटमा पौवा होटल सुरु गरेको छ। पौवाको १४ औं शाखा सिन्धुलीमा विस्तार भएको हो । सिन्धुलीको मूलकोटस्थित सुनकोसी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।

मुलकोट मै रोशन थापाले झण्डै १ करोड लागतमा होटल मरिण एण्ड रेस्टुडेन्ट समेत संचालनमा ल्याउनु भएको छ । सुविधा सम्पन्न होटलमा सबै प्रकारका खाना तथा खाजा, बर्गरदेखि फ्रेन्च फ्राई लगाएत जिल्लाका रैथाने खाना खाजाको सुविधा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया