शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा कृषकलाई झण्डै ४ करोड अनुदान

आइतवार , श्रावण २०, २०८१

सिन्धुली – सिन्धुलीमा कृषकलाई झण्डै ४ करोड अनुदान दिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका कृषकलाई ३ करोड ९४ लाख ९० हजार ४३० रुपैया अनुदान उपलब्ध गराएको हो । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न १० शीर्षकमा व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र सिन्धुलीको सुचना अधिकारी उमा देवि श्रेष्ठले बताउनुभयो ।

उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती प्रर्वद्धन कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न १६ वटा सहकारी, समुह तथा निजि फार्म मार्फत ८० लाख १० हजार १५६ रुपैया अनुदान उपलब्ध गराएको केन्द्रले जानकारी दिएको छ । सो कार्यक्रमअन्र्तगत किसानलाई अनुदानमा बाँसको ५÷१२ को प्लास्टिक घर १२० वटा, बाँसको ५÷२० को प्लास्टिक घर ५९ वटा, फलामको ५÷१२ को प्लास्टिक घर ५५ वटा र बाँसको ५÷२० को प्लास्टिक घर २० वटा गरि जम्मा १८ हजार ४ सय वर्ग मिटरमा उच्च प्रविधियुक्त संरचना निर्माण भएको छ ।

साना सिचाई कार्यक्रम अन्र्तगत ३३ वटा सहकारी मार्फत ६९ लाख ४० हजार ७८० अनुदान किसानलाई दिएको श्रेष्ठले बताउनुभयो । सो कार्यक्रम अन्र्तगत ४७. ६६ हेक्टर कृषि योग्य भुमिमा सिचाई सुविधाको व्यवस्थापन तथा विस्तार गरिएको छ । मकै बाली प्रर्वद्धन कार्यक्रम अन्र्तगत ९ वटा कृषि समुह, सहकारी र निजि फर्म मार्फत २७ लाख १७ हजार ४५४ को अनुदान किसानलाई उपलब्ध गराइएको छ । ६२.१६८ हेक्टरमा मकैँ बाली प्रर्वद्धन भएको छ । व्यवसायिक तरकारी खेती प्रर्वद्धन कार्यक्रम अन्र्तगत १ करोड ११ लाख ९३ हजार ५८ रुपैया किसानले अनुदान पाएका छन् । सो कार्यक्रम अन्र्तगत १७ हजार ८८० वर्ग मिटरको संरक्षित संरचना निर्माण भएको छ ।

यस्तै, किवि तथा एभोकाडो प्रवद्र्धन कार्यक्रम अन्र्तगत किसानले १९ लाख ८२ हजार ५४२ रुपैया अनुदान पाएका छन् । उक्त कार्यक्रम अन्र्तगत ३६.३२ हेक्टरमा किवि तथा एभोकाडो प्रर्वद्धन कार्यक्रम भएको छ । ४.९ हेक्टरमा नयाँ किबि बगान र ५.५ हेक्टरमा नयाँ एभोकाडो बगान स्थापना भएको छ । कुल १ हजार ४१२ किबि निर्माण भएको छ ।

खाद्य प्रणाली रुपान्तरणको लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत १५ लाख ९३ हजार ७१७ रुपैया अनुदान किसानलाइै बितरण गरिएको छ न् । प्रांगगारिक मल वितरण कार्यक्रम अन्र्तगत १४ लाख १० हजार रुपैया अनुदान दिएको छ । सो कार्यक्रम अन्र्तगत किसानलाई कार्यालयले प्रति केजि रु १० उपलब्ध गराएको छ ।

कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अन्र्तगत किसानलाई ३८ लाख ५० हजारको अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । किसानलाई २ वटा रिपर, ८४ वटा कम्बाइन राइस मिल र ६९ वटा मिनिटिलर वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । सयपत्री फुल खेती प्रर्वद्धन कार्यक्रम अन्र्तगत किसानलाई २२ लाख ४ हजार १४८ रुपैया अनुदान दिएको छ । सो कार्यक्रम अन्र्तगत ४० रोपनीमा सयपत्री फुल खेती भएको छ । सुन्तलजात फलफुल ब्लक कार्यक्रम अन्र्तगत किसानलाई १५ लाख ६५ हजार ५७५ रुपैया अनुदान दिएको छ । सो कार्यक्रम अन्र्तगत ७० हेक्टर जमिनमा २० हजार कागतीको विरुवा रोपियको कृषि ज्ञान केन्द्र सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया