शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कृषकलाई झण्डै ६८ लाख अनुदान

शनिवार , श्रावण १२, २०८१

सिन्धुली – पशु कार्यालय सिन्धुलीले कृषकलाई झण्डै ६८ लाखको अनुदान दिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा सिन्धुली र रामेछापका कृषकलाई ६७ लाख ८७ हजार अनुदान वितरण गरेको हो ।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम मार्फत सहकारी र कृषकले उक्त अनुदान पाएका हुन् । कृषकलाई यान्त्रिकरण,पाखरी विस्ता, सुधार, पशुपन्छी गोठ निर्माण तथा सुधारमा अनुदान पाएका हुन् । मत्स्य पालन क्षेत्र विस्तारका लागि २५ लाख लक्ष राखिएको कार्यालयका छैंठौँँ स्तर सरोज जिरेलले बताउनुभयो ।

उहाँका अनुसार मत्स्य पालन क्षेत्र विस्तारमा ९ लाख ४१ हजार प्रगति भएको छ । यस्तै, बाख्रा प्रर्वद्धन कार्यक्रममा १५ लाखको लक्ष लिएको थियो । १३ लाख ९४ हजार खर्च भएको उहाँले बताउनुभयो । मागमा आधाििरत जिविको पार्जन कार्यक्रमको लक्ष २० लाख रहेको थियो । १८ लाख ३८ हजार खर्च भएको छ । बंगुर प्रर्वद्धन कार्यक्रमका लागि १५ लाखको लक्ष लिएको थियो । १८ लाख ३८ हजार खर्च भएको जिरेलले जानकारी दिनुभयो । असल अभ्यास पशुपालनका लागि ३० लाख लक्ष लिएको थियो । २० लाख २० हजार खर्च भएको छ ।

यस्तै, दुध जोन ‐नयाँ)का लागि २५ लाखको लक्ष लिएको जिरेलले बताउनुभयो । १८ लाख ८९ हजार प्रगति रहेको उहाँले बताउनुभयो । दुध जोन ‐पुरानो) का लागि २२ लाखको लक्ष लिएको थियो । १६ लाख खर्च भएको छ । यान्त्रीकरणका लागि १६ लाखको लक्ष लिएको थियो १३ लाख प्रगति भएको जिरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया