शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन

शुक्रवार , श्रावण ११, २०८१

सिन्धुली – करदाता सेवा कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ३६ लाख २० हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ७२ करोड ६७ लाख ८४ हजार रुपैयाँ अर्थात ८२ दशमलव २५ प्रतिशत कर उठाएको हो ।

गत आवमा लक्ष्य भन्दा कर कम उठेपनि करदाता सेवा कार्यालय सिन्धुलीको ३ वर्ष यताकै उच्च रकम कर उठेको करदाता सेवा कार्यालय सिन्धुलीका सूचना अधिकारी रुपा तामाङले तामाङले जानकारी दिनुभयो ।

यस्तै, गत वर्ष आयकर ४४ करोड ३४ लाख ५६ हजार उठाउने लक्ष्य राखेकोमा ३७ करोड ४३ लाख ३३ हजार उठेको जनाइएको छ । त्यस्तै मुल्य अभिवृद्धि कर ४० करोड ९ लाख ८३ हजार उठाउने लक्ष्य राखेकोमा ३२ करोड ७४ लाख ४ हजार उठेको थियो भने अन्तशुल्क ३ करोड ९१ लाख २१ हजार उठाउने लक्ष्य राखेकोमा २ करोड ५० लाख २६ हजार कर उठेको सुचना अधिकारी तामाङले बताउनुभयो ।

सुचना अधिकारी तामाङका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले ३६ करोड ९९ लाख ९९ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ४८ करोड ४७ लाख ९३ हजार रुपैयाँ अर्थात लक्ष्यको १३१ प्रतिशत कर उठेको थियो । त्यस्तै आव ७९/८० मा कार्यालयले ५७ करोड ७० लाख ५६ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमाा ७० करोड ९१ लाख २६ हजार रुपैयाँ अर्थात लक्ष्यको १२३ प्रतिशत कर उठाएको जनाइएको छ ।

प्रतिक्रिया