मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

तीनपाटन गाउँपालिकाको खर्च ८३ प्रतिशत

बुधवार , आषाढ २७, २०८१

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिशतमात्र खर्च गरेको छ । गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिशत खर्च गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिशत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र पुँजिगत तर्फ ७२ दशमलव ५७ प्रतिशत खर्च भएको छ । यो चालु र पूजिगत तर्फ ८३ दशमलव ६५ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले ६६ करोड ३ लाख ३५ हजार २ सय ८८ रुपैयाँ ६६ पैसा विनियोजन गरेकोमा ५७ करोड ७९ लाख ४ हजार ९ सय ४४ रुपैयाँ ९७ पैसा खर्च भएको छ ।

यस्तै पुँजिगत तर्फ २३ करोड ३ लाख ३२ हजार विनियोजन गरेकोमा १६ करोड ७१ लाख ५९ हजार ५ सय ७ रुपैयाँ ९१ पैसा खर्च गरेको छ । गाउँपालिकाले चालु खर्चको तुलनामा पुँजिगत खर्च १४ दशमलव ९५ प्रतिशतले कम हो । यो विकासे बजेट हो ।

चालु गत खर्च ८७ दशमलव ५२ प्रतिशत खर्च हुँदा पुँजिगत खर्च कम हुँनु भनेको गाउँपालिकामा विकास निर्माणका कामहरु कम भएका छन भन्ने बुझिन्छ । विकास पूर्वाधार, लक्षित वर्गका कार्यक्रम, कृषि, स्वास्थ्य, खानेपानी, शिक्षा क्षेत्रमा काम कम हुँदा पुँजिगत खर्च कम भएको हो ।

यस्तै गाउँपालिकाले आगामी आर्थिक २०८१/०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गर्नु भएको थियो ।

यो चालु आर्थिक वर्षको तुलनामा ७ करोड ५६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ३१ पैसा कम बजेट हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ ।

यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखिएको अध्यक्ष थापाको भनाई छ ।

सोही निति तथा कार्यक्रम लाई प्राथमिकतामा राखेर संघिय सरकार, प्रदेश सरकारको सशर्त अनुदान सहित कुल ८१ करोड ५० लाख ३५ पैसा बराबरको आय÷व्यय अनुमान सार्वजनिक गरिएको उपाध्यक्ष पुलामीले जानकारी दिए ।

यस्तै तीनपाटन गाउँपालिकाको विनियोजन विधेयक २०८१, तीनपाटन गाउँपालिकाको आर्थिक विधेयक २०८१ लाई सर्वसम्मतरुपमा पारित गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत पदमा बहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया