सिन्धुली – सिन्धुलीमा झण्डै पाँच अर्ब बजेट खर्च हुन बाकीँ रहेको छ । चालुआर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा प्रदेश र संघ तर्फको ४ अर्ब ८९ करोड ३३ लाख ९८ हजार १ सय ८५ रुपैया बजेट खर्च हुन बाकीँ रहेको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा प्रदेश तर्फ चालु र पुँजीगत गरि जम्मा ३ अर्ब ३३ करोड ३१ लाख ६६ हजार ४ सय २१ रुपैया बजेट विनियोजन भएको थियो । सो मध्ये १ अर्ब ६६ करोड १४ लाख ९८ हजार ६६ रुपैया खर्च भइसकेको छ । कुल १ अर्ब ६७ करोड १६ लाख ६८ हजार ३ सय ५४ खर्च हुन बाकिँ रहेको छ ।
प्रदेशको चालु तर्फ एक अर्ब १९ करोड ८९ लाख ६७ हजार २ सय १ रुपैया बजेट रहेको छ । सो मध्ये ८० करोड ९२ लाख १० हजार २ सय ३४ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । पँुजीगत तर्फ २ अर्ब १३ करोड ४१ लाख ९९ हजार २ सय २० रुपैया बजेट रहेको थियो । सो मध्ये ८५ करोड २२ लाख ८७ हजार ७ सय ३१ रुपैया खर्च भएको छ ।
यस्तै सर्घ तर्फ चालु र पुँजीगत गरि कुल १४ अर्ब ३६ करोड १६ लाख ८ हजार ९ सय ८२ बजेट विनियोजन भएको थियो । सो मध्ये १० अर्ब ८१ करोड ४४ लाख ३९ हजार १ सय ५० खर्च भएको छ । कुल ३ अर्ब २२ करोड १७ लाख २९ हजार ८ सय ३१ रुपैया खर्च हुन बाकिँ रहेको छ । संघको चालु तर्फ कुल ७ अर्ब ७ करोड ८३ लाख ७० हजार ३ सय ६५ रुपैया बजेट मध्ये ५ अर्ब ९२ करोड ३३ लाख २७ हजार ६ सय ८९ रुपैया खर्च भइसकेको छ । पुँजीगत तर्फ कुल ६ अर्ब ९५ करोड ७७ लाख ९८ हजार ६ सय १७ रुपैया बजेट मध्ये ४ अर्ब ८९ करोड ८१ लाख ११ १ हजार ४ सय ६१ रुपैया खर्च भइसकेको छ ।