शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीबाट ८ क्विन्टल अवैद्य प्याज बरामद

सोमवार , बैशाख १०, २०८१

सिन्धुली– सिन्धुली प्रहरीले आइतबार आठ क्विन्टल अवैद्य प्याज बरामद गरेको छ । विलविजक नभएको आठ सय किलोग्राम प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपि) अनिल कुमार खड्काले जानकारी दिनुभयो ।

जिल्लाको कमलामाई नगरपालिका वडा नं. ९ भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा बर्दिबासबाट काठमाडौँतर्फ जादै गरेको पिकअप गाडीमा ३२ क्यारेट अवैद्य प्याज फेला परेको डिएसपि खड्काले बताउनुभयो । महोत्तरीको बर्दीबास नगरपालिका वडा नं. ४ का २२ वर्षिय विजय मण्डलले चलाएको प्र.२–०२–००१ च ०३९३ नम्बरको पिकअप गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा ३२ क्यारेटमा अन्दाजि आठ सय केजी प्याजको बिल भन्सार नभएको कारण नियन्त्रणमा लिइएको छ । पिकअप गाडी र चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको डिएसपि खड्काले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया