काठमाडौं - सरकारले सिन्धुलीको एक र सिन्धुलीमा निर्माण कार्यको जिम्मा पाएको अर्काे निर्माण कम्पनीगरी दुई निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
सुनकोशी गाउँपालिका सिन्धुलीकोे सिफारिसमा सरस्वती निर्माण सेवा,सुनकोशी गाउँपालिका –४ सिन्धुलीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ । यसैगरी कालोसूचीमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिकामा कामको जिम्वा लिएको एक अर्को कम्पनी पनि रहेको छ । सुनकोशी गाउँपालिका सिन्धुलीकोे सिफारिसमा काठमाडौँ माहानगरपलिका –९ सिनामंगलको कोशी निर्माण सेवालाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेकाहरुले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।