शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको रोजबड, जहाँ महिलाको भित्रि वस्त्रमात्र पाईन्छ !

मंगलवार , माघ २, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित राम्माडीको अधेँरि पुल छेउमै रहेको मिनि मार्टको एक कोठामा महिलाको भित्रि वस्त्रमात्र पाईन्छ । मिनि मार्टका संचालक कृष्ण मेहेताले जिल्लामै पहिलोपटक महिलाको भित्रि वस्त्र मात्र पाईने पसल संचालनमा ल्याउनुभएको हो । झण्डै १० लाख रुपैँया लगानीमा संचालन गरेको ‘रोजबड लिंगेरि’ पसलको सोमबार उद्घाटन गरिएको छ ।

[caption id="attachment_123185" align="aligncenter" width="1010"] तस्बिरः रोजबड लिंगेरि र मिनिमार्टका संचालक कृष्ण मोहन मेहेता ।[/caption]

उद्घाटन कार्यक्रममा बोल्दै संचालक मेहेताले भन्नुभयो, ‘ पुरुष ग्राहक भएको पसलमा अन्डरवेयर र ब्रा खरिद गर्न महिलाहरु असहज महशुश गर्छन् । भित्रि वस्त्रमात्र पाईने पसल सिन्धुलीमा नभएकाले महिलाको सहजताकालागि पनि लिंगेरि (भित्रि वस्त्र) पसल संचालन गरेको हुँ ।’ भित्रीवस्त्र (यौनांग छोप्न प्रयोग गरिने कपडा) किन्दा त्यसको गुणस्तरबारे ख्याल गर्नुपर्ने मेहेता बताउनुहुन्छ । भित्री अंगकालागि प्रयोग गरिने वस्त्र गुणस्तरीय हुनुपर्ने बताउदँै मेहेताले भन्नुभयो, ‘महिलाहरुले लाज मानेर हतारहतारमा भित्रि वस्त्र किन्नुपर्ने अवस्था छ । अब रोजबड लिंगेरि पसलमा महिलाहरुले छानिछानि, समय लगाएर भित्रि वस्त्र खरिद गर्न सक्नेछन् ।’

साथै, रोजबडमा महिलाहरुकालागि विभिन्न अफरहरु रहेको संचालक मेहेताले बताउनुभयो । हरेक सामानमा १० प्रतिशत छुट रहेको मेहेता बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘रोजबडमा महिलाहरुलाई अफरनै अफर छ । पाच सयको सामान खरिदमा एक सयको उपहार, एक हजारको सामान खरिदमा दुई सयको उपहार रहेको छ । त्यस्तै, अपांगता भएकाहरुलाई हरेक सामानमा थप १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।’

रोजबडमा भित्रि वस्त्रसँगै रात्रिकालिन कपडा ‘नाईट ड्रेस’, ब्युटि पार्लरका सामान, ब्याग लगायत अन्य सामाग्रीपनि पाईने उहाँले बताउनुभयो ।

भित्रि वस्त्रको मोह: सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको रोजबडका संचालक मेहेता बताउनुहुन्छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको मेहेताले बताउनुभयो । नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्रा प्रयोग गर्छन् । पछिल्लो समयमा टिनएजर्सका युवतीको रोजाइमा पुसअप ब्रा पर्ने गरेको मेहेताले बताउनुभयो  । पुसअप ब्रामा भएको फर्मले स्तनलाई आकर्षक देखाउने हुँदा टिनएजर्स युवतीको रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै, विवाह भएका महिलाले ननपुसअप ब्रा रोज्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरको भिक्टोरिया सेक्रेट ब्रान्डको ब्राको मूल्य १० हजारसम्म पर्ने गर्छ । रोजबडमा ब्रान्डेड भित्रि वस्त्रहरु रहेको मेहेताले बताउनुभयो ।

नेपालमा दुई हजार पाँच सयसम्मको अन्डरवेयर: नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ ।

नेपालीले लगाउने भित्रि बस्त्र कति महंगा ?: नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् ।

गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पाँच हजार रुपैयाँसम्मका अन्डरवेयर बिक्री हुन्छ ।

नेपालमा उपलब्ध ब्रान्ड र मूल्य:

१)  जक्कीः जक्की अमेरिकन ब्रान्ड हो । जक्की ब्रान्डअन्तर्गत विशेषगरी भित्री वस्त्रहरू पाइन्छन् । यो ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने ब्राको मूल्य एक हजारदेखि दुई हजार आठ सयसम्म पर्ने रोजबडका संचालक मेहेताले बताउनुभयो । त्यस्तै, महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य तीन सय ५० देखि ७ सय ५० र पुरुषले प्रयोग गर्ने अन्डरवेयर तीन सय ५० देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

भिक्टोरिया सेक्रेटस्ः यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत विशेषगरी इनर वेयर पाइन्छन् । भिक्टोरियाले हरेक वर्ष विभिन्न ब्रान्डका कपडा बजारमा ल्याउने गरेको छ । यसमा महिलाले प्रयोग गर्ने ब्रा विश्व बजारमा धेरै महँगा छन् । तर, नेपालमा २ हजारदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ । यस ब्रान्डका भित्री वस्त्र धेरैजसो फेसन स्टाइलिस तथा चुजी युवती र धनाढ्य परिवारका महिलाले किन्ने गरेका छन् । यो नेपालमा उपलब्धमध्ये सबैभन्दा महँगो ब्रान्ड हो । यस ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि दुई हजारसम्म पर्छ ।

२) रिबकः यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डमा विशेषगरी सबै स्पोर्टस्का कपडा पाइन्छन् । यसअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जसको मूल्य तीन हजार दुई सय ९० देखि ७ हजार पाँच सय ९० सम्म पर्ने दरमार्गस्थित रिबुक सोरुमका कर्मचारी सुवास महर्जन बताउनुहुन्छ  । यो ब्रान्डअन्तर्गत स्पोर्टस् ट्राउजर पनि पाइन्छ । जसको मूल्य तीन हजार ८ सय ९० देखि ८ हजार ९ सय ९० सम्म पर्छ । रिबक ब्रान्डको कपडा धेरैजसो योगा, ट्रेनिङ र स्पोर्टस्मा संलग्न मानिसले प्रयोग गर्छन् ।

३) एडिडास: यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् । यसमा महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन ब्रा चार हजार ९० देखि ६ हजार एक सय ९० रुपैयाँसम्ममा बिक्री हुने दरबारमार्गस्थित एडिडास सोरुमकी कर्मचारी अविका श्रेष्ठले बताउनुभयो  ।

बिविचः बिविच ब्रान्डअन्तर्गत ब्राको मूल्य एक हजार आठ सयदेखि ६ हजार २ सयसम्म पर्छ । त्यस्तै, यही ब्रान्डको अन्डरवेयर एक हजारदेखि एक हजार आठ सयसम्ममा बिक्री हुन्छ ।

४) जुलियटः यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । जसको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाले प्रयोग गर्ने अन्डरवेयर २ सय ५० देखि ८ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

५) जिन्तानाः यो थाइल्यान्डको ब्रान्ड हो । यो पनि विवाहित महिलाले धेरै रुचाउँछन् । नेपालमा यस ब्रान्डका भित्री वस्त्र दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ ।

६) सफ्ट प्रिन्सेसः यो थाइल्यान्डको ब्रान्ड हो । यस ब्रान्डअन्तर्गतको ब्रा विशेषगरी विवाहित र अविवाहित महिलाले, स्टाइलिस र मोडलहरूले प्रयोग गर्छन् । यसअन्तर्गतको ब्रा नेपालमा पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । यस ब्रान्डअन्तर्गतको पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुन्छ । यो ब्रान्डमा ट्राउजर, ज्याकेट, टिसर्टलगायतका कपडा पनि उपलब्ध छन् ।

इनामोरः यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । यसअन्तर्गत ब्राको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाको अन्डरवेयर पनि पाइन्छ । जसको मूल्य २५० देखि ८ सयसम्म पर्छ ।

७) डेसिडी: यो पनि इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा पनि धेरैजसो विवाहित महिलाले नै प्रयोग गर्छन् । यस ब्रान्डका ब्राको मूल्य ५ सयदेखि १५ सयसम्म पर्छ । यस ब्रान्डमा महिलाको अन्डरवेयर नेपाली बजारमा २ सय ५० देखि ८ सय ५० रुपैयाँसम्म बिक्री हुने गर्छ ।

बिइङ ह्युमनः यो इन्डियन ब्रान्ड हो । यसमा पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाइन्छ । जसको मूल्य एक हजारदेखि २ हजार ५ सयसम्म पिर्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादेका अनुसार यो ब्रान्डको कपडा शतप्रतिशत कटनबाट बनेको हुन्छ । नेपाली सेलेब्रिटी तथा मध्यमवर्गीय मानिसले यस ब्रान्डका भित्री वस्त्र खरिद गर्दैै आएका छन् ।

८) बेनिटनः यो इटालियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत पुरुषका लागि अन्डरवेयर तीन सय ९९ देखि ९ सय ९९ रुपैयाँसम्म पर्ने गर्छ । त्यस्तै, महिलाको अन्डरवेयर एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म बिक्री हुने दरबारमार्गस्थित युनाइटेड कलर्स अफ बेनिटनका कर्मचारी सुसन महर्जन बताउनुहुन्छ ।

९) एन्टाः एन्टा ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन चार हजार एक सय ४० रुपैयाँसम्ममा बिक्री हुन्छ । यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् ।

१०) लिभाइजः लिभाइज ब्रान्डअन्तर्गत पुरुषले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि २ हजारसम्म पर्छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया