सिन्धुली– कृषि, ब्यापार, उद्योग र पर्यटनको कसी, सास्कृति तथा फुड फेस्टीभल २०८० भन्ने मुल नाराका साथ सुरु भएको १० दिने महोत्सवको सिन्धुलीमाढीमा भब्य समारोह बीच शुक्रबार उदघाटन गरिएको छ ।
ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट सिन्धुलीले आयोजना गरेको सास्कृतिक तथा फुड फेस्टीभल उदघाटन गर्दै प्रमुख अतिथी तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, सास्कृति रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
पोखरेलले भन्नुभयो, “सिन्धुली सामाजिक, सास्कृतिक, आर्थिक, पर्यटन र पर्यावरणको संभावनाको खानी हो, बद्ररहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट ले आयोजना गरेको महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, सास्कृतिक पक्षहरुमा सकारात्मक प्रभाब पार्ने छ भन्ने मैले विश्वास लिएको छु ।”
सिन्धुलीले बिगत देखीनै धार्मिक, सास्कृतिक र मनोबैज्ञानिक सहिष्णुताको परिचय प्रदर्शन गरेको बताउँदै मेयर पोखरेलले यस्ता मेला तथा पर्वहरुले जिल्लाबासीहरुको पहिचान, क्षमता र मित्रतालाई प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।
मेलामा स्थानीय उत्पादनले आफ्नो परिचयन दिने, जिल्लामा रहेको विभिन्न् विद्या र विज्ञताले प्रचार हुने अवसर प्राप्त हुने समेत उहाँले बताउनुभयो । मेयर पोखरेलले देशको आर्थिक अवस्था मजबुद्ध नभएको बताउँदै कोभिड पछि ब्यापार ब्यवसाय तङरिन नसकेको र स्थानीय सरकाले पनि केन्द्र सरकारबाट पर्याप्त मात्रामा बजेट प्राप्त गर्न नसक्दा नागरिकका अपेक्षाहरु पुरा गर्न नसकेको बताउनुभयो ।
मेलामा सहभागीहरुलाई आर्थिक हिसाबले मितब्ययी बन्न अनुरोध गर्दै मेयर पोखरेलले भन्नुभयो, “मेलामा आवश्यक्ताहरु मात्र बिनिमय गर्नुस, आवश्यक्ता भन्दा बाहिरको कुरामा खर्च नगर्नुस किनभने देशको मात्र होइन नेपाली परिवारको पनि आर्थिक अवस्था निरन्तर रुग्ण बन्दै गईरहेको छ ।”
ब्रर्दसहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्टका अध्यक्ष अस्बीन थापामगरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा शुभकामना मनतब्य ब्यक्त गर्दै कमलामाई नगरपालिका–६ का वडा अध्यक्ष उज्जलकुमार थापाले मेला र महोत्सवहरु बिसुद्ध ब्यवसायीक भन्दा पनि सामाजिक कार्यका लागी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेला र महोत्सव आर्थिक आम्दानीका लागी मात्र होइन, सामाजिक कार्यका लागी हुनु जरुरी छ । समाजमा रहेका समस्याहरुमा सरकार र सामाजिक संघ संस्था सँगै मिलेर अगाडि बढ्न जरुरी छ ।” समाजमा रहेका विभिन्न् समस्याहरुलाई समाधान गर्दै सबृद्ध र सचेत समाज निर्माण गर्न ब्रदर्सहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट जस्ता संस्थाहरुसँग सहकार्य गरेर काम गर्न आफुहरु सधै तयार रहेको समेत वडा अध्यक्ष थापाले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा(एमाले)का पार्टी कार्यालय सचिब नबराज थिङ्गले मेला महोत्सवहरुले आफ्नो नारा अनुसारको ब्यबाहारिक गतिविधी गर्नुपर्नेमा जोड दिर्दै स्थानीय उत्पाद, कला र सस्कृतिलाई प्रबद्र्धन गर्न महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने अपेक्ष सहित मेला सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथी नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिब पुष्कर थापाले सिन्धुलीमा २०७० पछि जिल्लाका विभिन्न् स्थानमा स्थानीय उत्पादन, कला सस्कृतिको प्रबद्र्धन संरक्षणको लागी भन्दै झण्डै तिन दर्जन महोत्सव लागीसकेको भएपनि ति महोत्सव र मेलाहरु ब्यवाहारिक अर्थमा प्रभावकारी बन्न नसकेको बताउँदै सिन्धुली फुड फेस्टीबल ति मेला महोत्सव भन्दा फरक हुनुपर्नेमा जोड दिनुभयो ।
दश दिन सम्म चल्ने महोत्सवमा विभिन्न् खानामा परिकार सहितका होटलका स्टलहरु रहेका छन भने कृषि तथा फलफुल विक्रि तथा प्रदर्शनी स्टलहरु रहेका छन । मेलामा विभिन्न् खेलका साधनहरु पनि रहेका छन । मेलामा दैनीक राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलाको लागी आयोजकले २ सय ५० रुपैयाँ स्थानीय पासको ब्यवस्था गरेको छ भने प्रतिब्यक्ति ७० रुपैयाँमा टिकटको ब्यवस्था गरेको छ । बृद्ध तथा असहायहरुका लागी पचास प्रतिशत छुटमा टिकटको ब्यवस्था गरेको जनाएको छ । महोत्सवबाट संकलित नाफाको अंशबाट दिर्घरोग पिडितहरुको उपचारको सहयोगको लागी कोष स्थापना गरिने आयोजकले जनाएको छ ।