शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एकै वर्षमा चारजनाले बुझाए झण्डै ६८ लाख कर

शुक्रवार , मंसिर ८, २०८०

सिन्धुली, – करदाता सेवा कार्यालय सिन्धुलीले १२ औँ कर दिवसको अवसरमा बिहिबार उत्कृष्ट तीनजना करदातालाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ म तिरेको करका आधारमा उनीहरुलाई उत्कृष्ट घोषणा गरिएको हो । सिन्धुलीमा सर्वाधिक कर तिर्ने श्री जय माँ चण्डेश्वरी हार्डवेयर भएपनि सो हार्डवेयरलाई कर कार्यालय जनकपुरले सम्मान गरिसकेको हुँदा दोहोराएर सम्मान नगरिएको कर अधिकृत दिपेन्द्र पुनले बताउनुभयो । उक्त हार्डवेयरले २९ लाख ७५ हजार एक सय ११ रुपैँया कर बुझाएको छ ।

उक्त आर्थिक वर्षमा व्यक्तिगत आयकर धैरै तिर्नेमा वाणिज्यतर्फ कमला आयल, उद्योगतर्फ शिद्धबाबा कन्ष्ट्रक्सन, वित्तिय क्षेत्रतर्फबाट सिन्धु बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो । कमला आयलले आ.व. २०७८/०७९ मा १६ लाख ११ हजार १९३ रुपैँया कर तिरेको थियो । त्यस्तै, शिद्धबाबा कन्स्ट्रक्सनले १५ लाख ६४ हजार ३४३ रुपैँया कर सो आर्थिक वर्षमा तिरेको कर अधिकृत पुनले बताउनुभयो । त्यसैगरि, सिन्धु बचत तथा ऋण सहकारी संस्थाले छ लाख पाच हजार २४८ रुपैँया कर तिरको पुनले बताउनुभयो । कार्यक्रममा कार्यसम्पादनको आधारमा नायब सुब्बा सूचना अधिकारी रुपा तामाङलाइ उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरिएको थियो ।

सर्वाधिक कर तिर्ने करदातालाई सम्मानसहित विभिन्न कार्यक्रम गरि १२ औँ राष्ट्रिय कर दिबस तथा कर सप्ताह सिन्धुलीमा मनाईएको हो । गत मंसिर १ गतेदखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह सम्पन्न भएको छ ।

“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ सिन्धुलीका कर अधीकृत दिपेन्द्र पुनको अध्यक्षता तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

दिबसको अवसरमा सिन्धुली जिल्लामा कर संकलन, कर सचेतना अभिवृद्धि तथा उद्योगी, व्यवसायीहरुलाई करको दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सिन्धुली उद्योग वाणिज्य संघलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

कार्याक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले करदाता शिक्षा र जनजागरण ल्याउनु अति आवश्यक रहेको बताउनुभएको छ । उहाँले ९ वटै पालीकामा सहकार्य गर्नुपर्ने र पालीका वडामा सेवाग्राही आउने भएकाले नागरिकलाई सचेतना गराउन कर शिक्षा दिनको लागि जोड दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा उद्योगा वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले देश सञ्चालनको लागी कर अति आवश्यक रहेकाले सम्पुर्ण उद्यमी व्यबसायीहरुले कर बुझाउनु पर्ने बताउनुभएको छ । साथै सिन्धुली जिल्ला कर बुझाउनेमा तेश्रो जील्ला भएकोले कर तिर्न महत्व रहेको बताउदै उहाँले उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायीक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी सघंका अध्यक्ष नबराज कोईरालाले कर भनेको दायित्व भएकाले सबैले समयमै कर बुझाउनु पर्ने बताउनुभयो । दिबसमा मात्रै होईन यो सन्देश हरेक गाउँ सहरमा छाउनु पर्ने उहाँले बताउनुभएको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया