शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाइ नगरपालिकाले बिना धितो ऋण दिने

आइतवार , आश्विन ७, २०८०

सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण प्रबाहका गर्ने भएको छ ।

नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै स्थानिय स्रोत, साधन, सिप र कलाको अधिकतम उपयोग गरि नगर भित्र रहेका बेरोजगार जनशक्तिलाई रोजगार सृजना गरि गरिबी निवारण गर्ने तथा बैदेशिक रोजगारीलाई दुरुत्साहन गर्दै आफ्नै देशमा श्रमको उपयोग गर्न उत्साहित गर्ने उदेश्यले आबेदन माग खुल्ला गरेको छ ।

ब्यबसाय गर्न चाहाने तथा ब्यबसाय गरिरहेका युवाहरुलाई बिना धितो ऋण प्रबाहका लागी आबेदन माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद दाहालद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ । बिना धितो ऋण लिन चाहाने २० बर्ष पूरा भइ ५० बर्ष ननाघेका युवा जनशक्तीले आबेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

कमलामाइ नगरपालिकाको युवा स्वरोजगार कार्यबिधी २०७८ को अनुसूची १ अनुसार तोकिएको ढाचामा सुचना प्रकाशीत भएको सात दिन भित्र आबेदन दिन नगरपालिकाले सुचना मार्फत जानकारी गराएको हो ।

आबेदन संगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता भए सोको प्रमाणपत्र, बिदेश गएर आएको भए पासपोर्ट र भिसाको समेत प्रतिलिपी, सीप सिकेको भए सोको प्रमाणपत्र, कुनै ब्यबसाय या फर्म दर्ता भए सोको प्रमाणपत्र, प्यान नम्बरको प्रतिलिपी र सम्बन्धित वडाको सिफारिसको कागजात पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ । बिना धितो ऋण प्रबाहका लागी आबेदन आउदो असोज १३ गते अर्थात (सात दिन) भित्र दिइसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया