शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी मरिण डाइभर्सनको काम तिब्र

बुधवार , आश्विन ३, २०८०

सिन्धुली, – सुनकोशी मरिण डाइभर्सन आयोजना सुरुङ निर्माण तर्फ ६५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको एक बर्ष नपुग्दै ६५ दशमलब ६३ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको सुरुङ तर्फ भौतिक प्रगतिले गति लिएको छ । गत बर्षको असोज २८ गते टनेल बोरिङ मेसिनबाट सुरु भएको सुरुङ निर्माण कार्यले गति लिएको हो । इन्जिनियर गौतमका अनुसार १३ दशमलब ३ किलोमिटर सुरुङ मध्ये हालसम्म ८ दशमलब ७२८ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । चुरे क्षेत्रमा निर्माण हुँदा जोखिम बढी रहेपनि चुरे क्षेत्र पार भई मेसिन अगाडी बढिसकेकाले जोखिम समेत कम भएकाले काम निरन्तर अगाडी बढीरहेको आयोजनाले जनाएको छ । अव जोखिम कम रहेको आयोजनाले जनाएको छ ।

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोशी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ । सुनकोशी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुंग्रीबाट सुनकोशीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो । कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोशी गाँउपालिकाको कानढुंग्री भन्ने स्थानबाट सुनकोशीको पानी मरिणमा पुर्‍याइने आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो । “हामीले सुरुङ मात्रै नभएर ड्याम बनाउने कार्य समेत अगाडी बढाएका छौँ”, उहाँले भन्नुभयो, “ड्यामको काम समेत तिब्र गतिमा भइरहेको छ ।”

आयोजना निर्माणमा गत असार सम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको आयोजनाले जनाएको छ । सुनकोशी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा सुरु भएको सुनकोशी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो । सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको वित्तिय प्रगति बढेको हो । सिन्धुलीको खुर्कोटबाट करिब २ किलोमिटर काठमाडाँै तर्फ करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाईको बाध बनाउने कार्य समेत अगाडी बढीसकेको छ । टनेल निर्माणकोे जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो ।

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोशीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले जानकारी दिए । सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोशी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ जलविद्युत उत्पादन गरिने छ ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ । आर्थिक बर्ष ०७७÷०७८ बाट शुरु भएको आयोजना ०८४/०८५ सम्ममा सम्पुर्ण कार्य सक्ने लक्ष्य रहेको छ । टिबिएमले आठ/आठ घण्टाका दरले तीन सिप्mटमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजनाले जनाएको छ । पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब १९ करोड कुल लागत रहने अनुमान गरिएको छ । आयोजनाको निर्माण पश्चात मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने प्रमुख उदेश्य रहेको छ भने मरिण नदीमा सुनकोशीको पानी पथानान्तरण गरि ३१ दशमलब ०७ मेगावाट जलविद्युत उत्पादन गर्ने सहायक लक्ष्य नेपाल सरकारले राखेको छ । मधेश प्रदेशका जमिनलाई बाह्रै महिना सिचाई सुविधा दिन सुनकोशीको पानी सुरुङमाफर्त मरिण खोला हुदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसाईनेछ ।

प्रतिक्रिया