शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

मंगलवार , भाद्र १२, २०८०

सिन्धुली– सिन्धुलीमा पछिल्लो समय पशुमा कृत्रिम गर्भाधान गराउने कृषकहरुको संख्यामा बृद्धि हुँदै गईरहेको छ । गाउँमा साँढे तथा राँगा लोप हुन थालेपछि सिन्धुलीका कृषक गाई भैसी लगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् ।

दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्या बढ्दै गएको हो । गत आर्थिक वर्षमा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तथा विभिन्न् स्थानीय तहका पशु शाखाबाट ४ हजार ७ सय १७ गाईभैसीमा कृत्रिम गर्भाधान गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका सूचना अधिकारी नबराज थापाले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा एआई मिसन कार्यक्रम अन्तर्गत २९ सय ६ गाई र १८ सय ११ भैँसीमा कृत्रिम गर्भाधान गराइएको थापाले जानकारी दिनुभयो ।

जिल्लाको कमलामाई नगरपालिका, तिनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका र मरिण गाउँपालिकाले पनि कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आईरहेका छन । तथ्यांक अनुसार गत आर्थिक बर्षमा कमलामाईमा ४१९ गाई र ३९३ भैसी, तिनपाटन गाउँपालिकामा ३८३ गाई र १७६ भैसी, गोलन्जोर गाउँपालिकामा २४३ गाई र २५७ भैसी, मरिण गाउँपालिकामा ३८७ गाई र २८१ भैसीमा कृत्रिम गर्भाधान गराईएको छ ।

कृत्रिम गर्भाधानबाट पाडापाडी, बाछाबाछी राम्रो उत्पादन हुने र दूध उत्पादनसमेत बढ्ने भएकाले जिल्लामा कृषकको आकर्षण बढ्दै गईरहेको सूचना अधिकारी थापाले बताउनुभयो ।

किसानहरुको गाई, भैसिमा कृतिम गर्भाधान गराई उन्नत पशु उत्पादन बृद्धि गर्ने, दुग्ध बस्तु र मासू उत्पादन गर्ने उदेश्यले स्थानीय सरकारले पनि निशुल्क कृतिम गर्भाधारण कार्यक्रम सञ्चालन सञ्चालन गर्दै आईरहेका छन ।

पशुपालनमा प्रोत्साहन गर्दै नश्ल सूधार गर्दै दुध तथा मासूमा आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिकामा निरन्तर रुपमा निशुल्क कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आईहरको तिनपाटन गाउँपालिका पशु शाखा प्रमुख जयन्त कार्कीले बताउनुभयो । गाउँपालिका भित्र पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रमले पशुहरुको नश्ल सूधारले दुध र मासूमा बृद्धि हुँदै गएको र कृषकहरु आर्थिक रुपमा आत्मा निर्भर समेत बन्दै गईरहेको उहाँको भनाई छ ।

पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएपछि सिन्धुलीका पशुपालक कृषकहरु खुसी भएका छन् । पशुको कृत्रिम गर्भाधान सेवालाई गाउँ–गाउँसम्म पुर्‍याइएपछि किसान लाभान्वित बन्दै गएका हुन । जिल्लामा पशुपालन गर्ने कृषकहरुको संख्या पनि बढ्दै गईरहेको छ ।

तथ्यांक अनुसार सिन्धुलीमा कृषकहरुले १ लाख ३८ हजार ३ सय ४४ गाई र ६८ हजार ७ सय २८ भैसी पालेको छन उक्त गाई भैसीबाट दैनीक ३८ हजार ९ सय ४४ मेट्रिक टन दुध उत्पादन हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया