सिन्धुली – जिल्ला सहकारी संघ सिन्धुलीको ३० औं बार्षिक साधारणसभा तथा स्थापना दिवस शनिबार एक समारोह बीच सिन्धुलीमाढीमा सम्पन्न् भएको छ ।
गुणस्तरियता, विश्वसनियता एव्म सञ्चालन प्रक्रियामा शुद्धता, निती, बिधी र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिबद्धता भन्ने मुल नाराका साथ सम्पन्न् बार्षिक साधारणसभामा सञ्चालक समितिले प्रस्तुत गरेको गत आर्थिक बर्षको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न् उपसमितिहरुको प्रतिवेदन र संघको आगामी बर्षको निती, कार्यक्रम तथा बजेटको बारेमा छलफल गरिएको सञ्चालक समितिका सचिब खडानन्द तिमल्सीनाले जानकारी दिनुभयो ।
कोषाध्यक्ष राधा कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संघको शेयर पुँजी ११ लाख ६४ हजार ५ सय, बचत ७९ लाख ६९ हजार ४ सय ५६ सहित कुल पुँजी ९७ लाख ५३ हजार ४ सय २८ रुपैयाँ रहेको छ । संघले सदस्यहरुलाई ६३ लाख ४३ हजार ५ सय ३३ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
संघले साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट संहकारीको रुपमा ससक्त महिला कृषि सहकारी संस्था कमलामाई–१०, उत्कृष्ट कारोबार गर्ने पुर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था कनपा–६, नियमित असल ऋणी संस्था अनुग्रह बचत तथा ऋण सहकारी संस्था कमलामाई–६ र उत्कृष्ट सहकारी अभियान्ताको रुपमा बालकुमारी श्रेष्ठलाई सम्मान समेत गरेको छ ।
जिल्ला भित्र रहेका सबै प्रकारका सहकारी संघ–संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उदेश्यले जिल्ला सहकारी संघको स्थापना २०५० सालमा गरिएको हो ।
जिल्लामा रहेका सबै प्रकारका सहकारीहरुलाई एकीकृत र संगठित गर्दै सदस्य संस्थाहरुको सदस्यहरुको क्षमता अभिबृद्धीका लागि तालिम गोष्ठी आयोजना गर्ने, सहकारीका विभिन्न सूचनाहरु प्रारम्भिक सहकारी संस्थाहरु सम्म पुर्याउने, सहकारीका ऐन नियमावलीहरुमा देखिएका कमी कमजोरीहरु सुधार गरी सदस्यमैत्री कानुन निर्माण गर्न दबाब सिर्जना गर्ने, राष्ट्रिय सहकारी महासंघ, जिल्ला संघ र प्रारम्भिक संस्थाहरुलाई जोड्ने पुलको काम संघले गर्दै आईरहेको छ ।