सिन्धुली– पछिल्लो समय सिन्धुलीमा ड्रागन फ्रुट खेती प्रति कृषकहरुको आकर्षण बढ्दै गईरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यमका कारण सहजै किसानले जानकारी पाएपछि सिन्धुलीमा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको छ । ड्रागन फल खेतीका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ ।
दुधौली नगरपालिका–६ का भरत काफ्लेले ड्रागन फ्रुट फलको खेती गरिरहनु भएको छ । उहाँले १८ कठ्ठा जमिनमा ३ हजार भन्दा बढी ड्रागन फ्रुट लगाउनु भएको छ । २५ हजार लगानीबाट खेतीको सुरु गर्नुभएको काफ्लेले उक्त ब्यवसायमा राम्रो सम्भावना रहेको बताउनुभयो । उत्पादित फल बजारीकरणको समस्या भएको समेत उहाँले भनाई छ । ड्रागन फ्रुट अहिले सिन्धुलीको बजारमा ४ सय ५० देखी ५ सय रुपैयाँ प्रति किलोमा बिक्री हुँदै आईरहेको छ ।

समुद्री सतहदेखि १ हजार ३ सय मिटर उचाइसम्म खेती हुने ड्रागन फल कमलाखोज क्षेत्रमा व्यावसायिक रूपमा खेती शुरु भएको हो । धान र मकै मात्रै हुने १ बिगाहा जमिनमा ड्रागन फ्रुट लगाएर कमलामाई–१४ का हरि बुढाथोकीले अहिले राम्रो आम्दानीको स्रोत बनाउनु भएको छ । ड्रागन फ्रुट विक्रीबाट करिब ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बुढाथोकीले बताउनुभयो ।
“नयाँ फल भएकाले साथीभाइलाई चखाएर पनि करिब ५ लाख रुपैयाँभन्दा बढीको विक्री गर्न सफल भए”, उहाँले भन्नुभयो, “फल मात्र हैन, बिरुवा समेत करिब ५० हजारभन्दा बढीको विक्री भएको छ ।” सेतो र रातो गरी २ प्रजाति हुने यो फल उहाँको खेतमा दुईवटै प्रजातिबाटै उत्पादन हुँदै आएको छ ।
कृषकहरुले नयाँ प्रजातीको फ्रुट भएकाले नमुनाको रुपमा जिल्लाको विभिन्न् स्थानमा यस्को खेती सुरु गरिएको छ । विस्तारै यो खेतीले ब्यवसायीक रुप लिदै गएको कृषि ज्ञान केन्द्र सिन्धुलीका अधिकृत रामप्रसाद पाण्डेले बताउनुभयो । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले उक्त खेतीलाई प्रबद्र्धन गर्न कृषकलाई अनुदानको समेत ब्यवस्था गरेको पाण्डेले जानकारी दिनुभयो ।
जगन्नाथ राईले १८ वर्षअघि नेपाल भित्रयाएको ड्रागन फ्रुट अहिले धेरै नेपालीले खेती गर्न थालेका छन् । सेतो र रातो जातको यो फलबारे शुरु/शुरुमा विदेश यात्रामा जान