शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

आइतवार , श्रावण १४, २०८०

सिन्धुली – निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिएका छन् । उनीहरुले निर्माण सम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघका सिन्धुलीका अध्यक्ष तुलसि श्रेष्ठलेले बताउनुभयो । गरिसकेको कामको समेत भुक्तानी नपाए पछि अहिले निर्माण व्यवसायीहरु आर्थिक मारमा परेको उहाँले बताउनु भयो ।

निर्माण व्यवसायीहरुले सिन्धुलीमा रहेको बिभिन्न कार्यालयसँग ५ करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको श्रेष्ठले बताउनु भयो । “गरेको कामको भुक्तानी नहुदा निर्माण व्यवसायीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ’, निर्माण व्यवसायी रुमबहादुर राईले भन्नुभयो,“करोडौं रुपैयाँ फसेपछि निर्माण व्यवसायीहरु चरम आर्थिक संकटमा परेका छन् ।”

१६ साउनमा देशैभरिका निर्माण व्यवसायीले आफ्ना मागहरु पूरा गराउन काठमाडौंमा प्रदर्शन गर्ने निर्माण व्यवसायी राईले बताउनुभयोे ।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने ,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने लगायतका माग राखेर बिरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया