शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जुनार पकेट क्षेत्रमा सिंचाई पोखरी

शुक्रवार , आषाढ २९, २०८०

सिन्धुली – सिन्धुलीको जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी निर्माण गरिएको छ । सिँचाई सुविधा नभएका तथा पानीको समस्या रहेका स्थानहरुमा वर्षैभरी सिंचित गर्ने उदेश्यले जुनार पकेट क्षेत्रमा ६७ वटा पोखरी निर्माण सिँचाई पोखरी निर्माण गरिएको हो ।

सुख्खा मौसममा जुनारका बीरुवालाई सिंचित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदान र बाँकी किसानले बेहोर्ने गरि पोखरी निर्माण भएको हो । गोलान्जोर गाँउपालिका–४ तीनकन्याका जुनार किसान सुरेन्द्र ठकुरीका अनुसार एउटा पोखरी निर्माण गर्न तीनलाखदेखि चारसम्म खर्च हुन्छ ।

२० हजार लिटर पानी संकलन गर्ने पक्कि पोखरी बनाउनु पर्ने प्राविधिक स्टमेट भएपनि आफैलाई चाहिने भएकोले लगानी थपेर किसानले ठूलो पोखरी बनाएको छन् । सिंचाईको अभावमा लामो खडेरी जाँदा सुख्खा मौसममा जुनारका बीरुवा मर्ने भएकोले सिंचाई पोखरी निर्माणसँगै धेरै सजिलो भएको किसान ठकुरीको भनाइ छ ।

पोखरी निर्माणसँगै किसान ठकुरीको १६ रोपनीको बगैचामा रहेको ३५० बोट जुनार र ३५० बोट सुन्तलालाई सिंचाई सुविधा पुगेको छ । यो बर्ष गएको सिजनमा मात्रै जुनार सुन्तला बिक्रि गरी १२ लाख ४८ हजार रुपैया किसान ठकुरी आम्दानी लिनु भएको छ ।

जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलिप कार्कीका अनुसार यो बर्ष सुपर जोन कार्यक्रम लागू भएको ठाँउमा पाँच बाई चार क्षमता र एक मिटर उचाईको ४५ वटा सिंचाई पोखरी निर्माण भएको छ । जुनार सुपर जोन कार्यक्रम लागू भएका सुनकोसी गाँउपालिकाको मझुवा, कमलामाई नगरपालिकाको जलकन्या, गोलन्जोर गाँउपालिकाको वडा नं. १, देखि ६ र तीनपाटन गाँउपालिकाकाको तोश्रामखोलामा पोखरी निर्माण भएको हो ।

सिन्धुलीमा दुईहजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । जिल्लामा गएको सिजनमा एकहजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार मेट्रिक्टन भन्दा बढी जुनार उत्पादन भइ किसानले ३२ करोड बढि आम्दानी लिएका छन् ।

प्रतिक्रिया