सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बित्तिय प्रगति ८२.०५ प्रतिशत रहेको छ ।
गाउँपालिका कार्यालयको चालु तर्फ ८४.९६ प्रतिशअर्थात ५६ करोड ५५ लाख ११ हजार ८ सय ४७ रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ ७३.७० प्रतिशत अर्थात १७ करोड ५ लाख ७ हजार ६ सय ९६ रुपैयाँ खर्च भएको तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिकाको कुल ८९ करोड ७० लाख १४ हजार ४ सय ९९ रुपैयाँ रकम मध्ये ८२.०५ अर्थात ७३ करोड ६० लाख १९ हजार ५ सय ४३ रुपैयाँ रकम खर्च भएको घिमिरेले बताउनुभयो ।
आर्थिक वर्षमा गाउँपालिका कार्यालयले अनुमान गरेको आयमा कमि आएको कारण सम्पनन् गरिएका योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन समेत समस्या भएको जनाउँदै गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९/८० मा योजना तथा कार्यक्रमहरु सम्पन्न् गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यबाद समेत दिएको छ ।