सिन्धुली – मरिण गाउँपालिकाद्वारा कृषकहरुलाई निःशुल्क उन्नत जातको मुर्रा क्रस पाडी वितरण गरिएको छ । मरिण गाउँपालिकाको चालु आर्थिक बर्ष ०७९/८० को नवप्रवद्र्वन कार्यक्रम साझेदारी कोष अन्र्तगत गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य सहित वडा नम्बर ६ र ७ का १ सय ७४ कृषकहरुलाई मुर्रा प्रजातिको राँगाको प्राकृतिक गर्भाधानबाट प्रजनन भएका भैँसीको पाडी निःशुल्क वितरण गरिएको छ ।
कृषकहरुलाई उन्नत जातको मुर्रा पाडी पाल्नको लागि गाउँपालिकाले आधारभुत तालिम प्रदान गरेपछि पाडी वितरण गरिएको हो । कृषकहरुलाई वितरण अघिनै तालिम दिइएको पालिका अध्यक्ष मोक्तानको भनाई छ ।
मुर्रा क्रस भैँसीले सरदर दूध उत्पादन प्रतिबेत एक हजार ५०० लिटर अथवा अन्य सामान्य भैँसी भन्दा धेरै दुध दिने भएकाले मुर्रा राँगाको प्राकृतिक गर्भाधान बाट प्रजनन भएको पाडी वितरण गरिएको मोक्तानको भनाई छ ।
गोठ सुधारको लागि पालिकाले अनुदान उपलब्ध गराएको छ भने पाडीको उपचारको लागि गाउँपालिकाले नै पशु प्राबिधिक व्यवस्था गरिएको छ । नबप्रवर्ध्दन कार्यक्रम २ करोड २० लाखको लागतमा खोर, गोठ सुधार गरि मुर्रा जातको पाडी र ९ सय ओटा उन्नत जातको बंगुर वितरण गरिएको छ, साथै निःशुल्क पशु ओैषधिको समेत व्यवस्था गरिएको छ ।