सिन्धुली – सिन्धुलीमा राहदानी बनाउनेको संख्या दैनिक बढ्दै गएको छ । आप्रवासी स्रोत केन्द्र सामीले सार्वजनिक गरेको तथ्यांक अनुसार राहदानी बनाउने संख्या बढ्दो देखिएको हो । सुरक्षित आप्रवासन कार्यक्रम(सामी) परियोजना सिन्धुलीले बिहिवार सिन्धुलीमाढीमा पत्रकारहरुसँग गरेको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ मा २ हजार ७८ जना, ०७८/०७९ मा ४ हजार ७ सय १७ जना र ०७९/०८० को असार २० गते सम्म ९ हजार ५ सय ९४ जनाले राहदानी बनाउन जिल्ला प्रशासन कार्यलय सिन्धुलीमा आउदा स्रोत केन्द्रबाट सुरक्षित बैदेशिक रोजगारि सम्बन्धी परामर्श लिएको जिल्ला कार्यक्रम संयोजक के आर बिजयले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय जिल्लामा रोजगारीका अवसर सिर्जना नहुँदा सिन्धुलीको युवा विदेशीने क्रम बढेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राहदानी बनाउन आएका मध्ये सबैभन्दा बढि ७ हजार ३ सय ४१ जनाले श्रमका लागि बैदेशिक रोजगारिमा जाने बताएका छन् भने १ हजार ६ सय ७४ जना विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न जाने बताएका छन् ।
यस्तै सबैभन्दा बढी सिन्धुलीको कमलामाई नगरपालिकाबाट २ हजार ५ सय ५२, दुधौली नगरपालिकाबाट १ हजार ८ सय ८४,तिनपाटन गाउँपालिका बाट १ हजार १ सय ८९, मरिण गाउँपालिकाबाट १ हजार १ सय ५३ जना, हरीहरपुरगढी गाउँपालिकाकाबाट ७ सय ४६, घ्याङलेख गाउँपालिकाबाट ५ सय ९६, गोलन्जोर गाउँपालिकाबाट ५ सय ४६, सुनकोशी गाउँपालिकाबाट ५ सय ४० र फिक्कल गाउँपालिकाबाट ३ सय ४९ जना वैदेशिक रोजगारीमा जानको लागि राहदानी लिएको कार्यक्रम संयोजक दाहालले जानकारी दिनुभयो ।
सुरक्षित आप्रवासन केन्द्र सामीले बैदेशिक रोजगारमा जाने ब्यक्तीहरुलाई मनोसामाजिक परामर्श, सिपयुक्त जनशक्तीको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच तथा सहजिकरण, बित्तीय साक्षरता लगायतको काम गर्दै आएको छ । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन र हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित आप्रवासन केन्द्र सामी परियोजना लागु भएको भएपनि राहदानी बनाउन आउने सबैलाई सेवा प्रदान गर्ने गरिएको संयोजक के आर बिजय दाहालले जानकारी दिनुभयो ।
संयोजक के आर विजयले वैदेशीक रोजगारमा जानेहरुलाई ब्यवस्थीत, सुरक्षित र मर्यादित वातावतरण सिर्जना गर्ने उदेश्यले सामी कार्यक्रमले काम गरिरहेको बताउदै बैदेशिक रोजगारिमा गएको व्यक्तिले मर्यादित कार्य वातावरण पाउनाका साथै उनका परिवारका सदस्यहरु राज्य संयन्त्रबाट सुरक्षित हुनुपर्छ भन्नकालागि नेपाल सरकारले स्विजरल्यान्ड सरकारको अनुदानमा कार्यक्रम चलाएको बताउनु भयो । कमलामाई, दुधौली, तीनपाटन र हरिहरपुरगढीमा गरि यस चालु आर्थिक बर्षमा सामी मार्फत ७२ जनाले मनोसामाजिक परामर्श सेवा लिएका छन् । जस मध्ये ३२ वटा केस समाधान समेत भएको छ । र ३ सय ८६ जनाले बित्तीय साक्षरता कक्षामा सहभागि भई वित्तिय व्यवस्थापन सम्बन्धी २१ सत्रमा अर्थपुर्ण सहभागिता जनाई सकेको उहाँले बताउनुभयो ।
कक्षामा सहभागि भएकाहरुले नियमित रुपमा आम्दानी र खर्चको विवरण भर्ने, अनावश्यक खर्च कटाउनुका साथै बैक तथा वित्तिय संस्थामा वचत समेत गर्न थालेका छन् । ३० भन्दा वढि सहभागिले गरि रहेको व्यवसायलाई विस्तार गरेका छन् भने १६ जनाले नया व्यवसाय सुरुवात गरेका छन् । २० देखि २५ जना सहभागिका दरले गठन गरिएका १६ वटा समुह मध्ये ८ वटा समुहलाई कृषि समुहको रुपमा परिणत गरि आयआर्जन बढाउन सहयोग पु¥याउने उदेश्य रहेका संयोजक दाहाल ले बताउनुभयो ।
सामी कार्यक्रमका कार्यक्रम अधिकृत भोजराज सुनुवारले बैदेशिक रोजगारिको वर्तमान अवस्था र यसले र्सिजना गरेका अवसर तथा चुनौतिहरुको वारेमा प्रस्ट पार्दै बैदेशिक रोजगारिमा धकेल्ने पक्ष र बिदेशकाबाट तान्ने पक्षको बारेमा बताएका थिए । बैदेशक रोजगारिले अबस संगै चुनौती समेत र्सिजना गरेको बताउदै बिदेशबाट प्राप्त हुने आर्थिकलाभ लाई वृद्धि गर्नुका साथै सामाजिक लागतलाई न्युनिकरण गर्न सामी कार्यक्रम आवश्यक रहेको वताए । अहिले विदेशि अनुदानमा सञ्चालन भएता पनि यो कार्यक्रमलाई स्थानीय तहले अपनत्व ग्रहण गरि स्वयम्ले चलाउन पर्ने उहाँले वताउनुभयो ।
कार्यक्रम अधिकृत सुनुवारलले नेपालको ७ वटा प्रदेश मध्ये मधेश प्रदेशबाट सबैभन्दा बढि वैदेशीक रोजगारमा जाने गरेको बताउनुभयो । बागमती प्रदेश पाँचौ स्थानमा रहेको छ भने जिल्लाको जनसंङख्याको तुलनामा बागमती प्रदेशको जिल्लाहरु मध्ये सिन्धुली जिल्लाबाट सबैभन्दा बढी विदेशीएको सुनुवारले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाका सामी परियोजनाका फोकल पर्सन बविन्द्रलाल माझिले वैदेशीक रोजगारमा जानेहरुलाई सुचनाको पहुँच,सीप तालिमका लागि सहजीकरण,न्यायमा सहजीकरण,मनोसामाजिक पराममर्शको सिफारिस तथा वित्तिय साक्षरता सम्बन्धी जानकारी गराउने आप्रवासी स्रोत केन्द्रको मुख्य काम रहेको बताउनु भयो ।