शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लघुवित्त संस्था विरुद्ध सिन्धुलीमा प्रदर्शन

बुधवार , आषाढ २०, २०८०

सिन्धुली– लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै बाराको सिन्धुलीमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति सिन्धुलले मंगलबार प्रदर्शन गरेको हो । आन्दोलनमा सहभागी लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिती नेपालका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीको उपस्थितीमा सिधुलीमाढीको बजार क्षेत्रमा विरोध प्रदर्शन र्‍याली गरेका हुन् ।

उनीहरुले लघु वित्तीय संस्था ‘बाचौँ बचाऔँ र अघि बढौँ, लघुवित्तीय संस्था विरुद्धको ज्याजतीको विरुद्धमा एकजुट होऔँ’ भन्ने मुल नारा सहित नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु — खारेज गर, लघुवित्तीय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण — फिर्ता गर, आम गरिब किसानलाई निशुल्क ऋण — प्रदान गर लगायतका प्लेकार्ड सहित सिन्धुलीमाढीमा बिरोध प्रदर्शन गरेका थिए ।

र्‍याली पछि आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्था र नेपाल बैंकर्स संघले आर्थिक र सामाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको बताउनुभयो ।

लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्गको ट्याग लगाएर नेपाली जनतालाई सुकुम्बासी बनाउन नपाउने भन्दै संघर्ष समितिले सुकुम्बासी बनाउन नदिने अध्यक्ष ज्ञवालीले बताउनु भयो । वित्तीय व्यवस्थाविरुद्ध नभएर वित्तीय नीति सुधार लघुवित्त संस्था खारेज हुनुपर्छ भनेर आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो ।

ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको उहाँको तर्क  छ । गैरकर्जा प्रवाह गरी लघुवित्तीय संस्थाहरुले ऋणीलाई बिचल्ली बनाएको आरोप उहाँको छ ।

 

प्रतिक्रिया