शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली दुधमा आत्मनिर्भर

सोमवार , जेठ १५, २०८०

सिन्धुली – सिन्धुली दुधमा आत्मनिर्भर रहेको छ । जिल्लामा दैनीक १० हजार लिटर दुध उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादन सहकारी संघ सिन्धुलीका अध्यक्ष नबराज गजुरेलले बताउनुभयो ।

हाल सिन्धुलीमा उत्पादित दुध जनकपुर, पोखरा तथा काठमाडौँ सम्म जाने गरेको छ । जिल्लामा ६ वटा डेरी उद्योगहरुले दुध तथा दुग्धजन्य पर्दाथको उत्पादन तथा विक्री बितरण गर्दै आईरहेको गजुरेलले बताउनुभयो । सरकारले तोकेको स्ट्यान्डर अनुसार दुधको मुल्य ६५ रुपैयाँ लिटर भएपनि हाल डेरी उद्योगहरुले कृषकहरुलाई ७५ रुपैयाँ लिटरमा खरिद गर्ने गरेको गजुरेलले बताउनुभयो ।

त्यस्तै जिल्लाभरि झण्डै ४० वटा विक्रिकेन्द्रबाट दुध तथा दुग्धजन्य पर्दाथको विक्री बितरण हुँदै आईरहेको जनाइएको छ । जिल्ला दुधमा आत्मनिर्भर वन्दै गर्दा कृषकहरुको समस्या भने जिउका तिउ रहेको पाईन्छ ।

सिन्धुली दुध उत्पादनमा उर्वर जिल्ला भए पनि किसानका धेरै समस्या रहेको कृषकहरु बताउछन । दुधको मुल्य कम हुनु, लागत मुल्य वढि हुनु, दाना चोक्करको मुल्य नियमीत वढ्नु, उन्नत जातको घाँसको विउ पाउन मुस्किल पर्नु, थारा गाई व्यवस्थापन र गौशालाको अभाव जस्ता समस्याका कारण किसानहरु समस्यामा पर्ने गरेका छन ।

यसैगरि किसानलाई दिईने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान प्रयाप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिईने, भ्याक्सिन समयमा नपाउने जस्ता समस्या भएको कृषकहरु बताउछन ।

सरकारले सहयोग गरेमा दुई वर्ष भित्रमा हालको उत्पादनको ५० प्रतिशत दुध वढाउन सकिने दुग्ध उत्पादन सहकारी संघ सिन्धुलीका अध्यक्ष नबराज गजुरेलले जानकारी दिनुभयो । गाई वाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दुध र गाई समेत वाहिरवाट नेपालमा ल्याउन नपर्ने गरि यहि उत्पादन गर्न सकीने गजुरेलको भनाई छ । पछिल्लो समय गाई तथा भैसीमा लम्की रोगका कारण दुध उत्पादन घटेको समेत गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया