शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बिपन्नको सहयोगी बन्दै छिमेकी लघुबित्त

शनिवार , जेठ १३, २०८०

सिन्धुली – ग्रामिण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार भन्ने मुल नाराका साथ ग्रामिण भेगमा वित्तिय सेवा दिने उदेश्यका साथ सञ्चालित छिमेकी लघुबित्त विपन्न्हरुको सहयोगीको रुपमा स्थापित हुँदै गएको छ ।

सिन्धुलीमा विगत १६ बर्ष देखी सञ्चालित छिमेकी लघुवित्त वित्तिय संस्थाले आफ्ना ग्राहकवर्गहरुलाई ऋण, बचत तथा बिमाको सेवा प्रदान गर्दै आईरहेको संस्थाले जनाएको छ । संस्थाले लक्षित वर्गलाई ब्यापार ब्यवसाय र आयमुलक कार्यमा प्रदान गरिने ऋणीको परिवारको बिमा समेत गर्दै आईरहेको संस्थाका प्रबन्धक कपिल रानाले बताउनुभयो ।

ऋणिको मृत्यू हुँदा १०० प्रतिशत र ऋणिको श्रीमानको मृत्यूहुँदा ५० प्रतिशत बिमा राहत ब्यवस्था गर्ने कार्यक्रम अन्र्तगत बिमा राहत रकम बितरण गर्दै आईरहेको छ । संस्थाले कमलामाई नगरपालिका–५ की खड्गमायाँ सुनुवारलाई ५२ हजार ५ सय रकम बुधबार प्रदान गरिएको रानाले जानकारी दिनुभयो । संस्थाले १९ लाख ९० हजार बराबर बिमा रकम भुक्तानी गरिसकेको जनाईएको छ ।

संस्थाले ग्राहक वर्गमा समय अनुकुन सिपमुलक, आयमुलक आधारभुत तालिमहरू प्रदान गरी आर्थिक रूपले, आयस्तर वृद्धि गराउने, आत्मनिर्भर बनाउने उदेश्य अनुरुप चालु आर्थिक वर्षमा आफ्ना ५० जना सदस्यहरुलाई कुखुरापाल तथा बाख्रापालन तालिम प्रदान गरिएको प्रबन्धक कपिल रानाले बताउनुभयो ।

प्रतिक्रिया