सिन्धुली – पछिल्लो केहि दिन यता सिन्धुलीका जनप्रतिनिधि योजना पार्न मन्त्रालय धाउन थालेका छन् । आगामी बर्षको नीति तथा कार्यक्रम निर्माण गर्न प्रदेश सरकार व्यस्त रहेका वेला आफ्ना पक्षमा योजना पार्न स्थानिय तहका जनप्रतिनिधि मन्त्रालयमा धाउने प्रतिस्पधा नै देखिन्छ । योजना पार्नकै मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले प्रदेश खानेपानी तथा सिचाइ मन्त्रीलाई भेट्नु भएको छ । मरिणको सम्रग विकाश सम्बन्धी मन्त्रीसँग छलफल भएको उहाँले बताउनुभएको छ ।
सरकारको आगामी नीति तथा कार्यक्रममा आफ्ना योजना पार्ने भन्दै सामाजिक विकास मन्त्रालय पुग्नु भएको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले मन्त्रीलाई भेट्न भन्दै लाईनमा बस्नु भएको थियो । चुनावमा भोट माग्दा मन्त्रीले धेरै आश्वासन दिए पनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले मन्त्रीलाई आफ्नो ठाउँका समस्याका बारेमा जानकारी गराउँदै आगामी योजनामा पार्ने उद्देश्यले मन्त्रलाय पुगेको बताउनुभयो । “प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि बजेट निर्माण गर्दैछ भन्ने सुनेपछि आफ्ना माग लिएर मन्त्रालाय आएका छौं”, उहाँले भन्नुभयो,“स्थानीय तहले हामी सक्दैनौं प्रदेश सरकामा जाऊ भन्छ, अब प्रदेश सरकारकै भर छ ।”
हातमा फाइल समातेर भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयमा पुग्नु भएको मेयर पोखरेलले आफ्ना क्षेत्रमा अधुरा रहेका तथा थप योजना सरकारको नीति तथा कार्यक्रममा समावेस गरियोस् भनेर मन्त्रीको ध्यानकर्षण गराउनु भएको छ ।
प्रदेश सरकारले यही जेठ १५ गते भित्र सबै मन्त्रालयको बजेट तथा कार्यक्रम तयार पारी अर्थमन्त्रालय समक्ष पेश गर्ने गरी काम अगाडी बढाईरहेको छ । बजेटको तयारीमा व्यस्त रहेका बेला मन्त्रीका कार्यकर्तासंगै प्रदेश सभा सदस्य भने आफ्ना योजना कार्यक्रममा पार्न मन्त्रालयमा लाईन लाग्ने गरेको पाइएको छ ।