शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा पुँजीगत तर्फ ५२ प्रतिशत खर्च

मंगलवार , जेठ २, २०८०

सिन्धुली – शहरी विकास तथा भवन कार्यालयको चालु आर्थिक वर्ष २०७९/८० को पुँजीगत तर्फ कुल बजेटको ५२ प्रतिशत खर्च खर्च भएको कार्यालयले जनाएको छ ।

पुँजीगत तर्फ कुल २५ करोड २ लाख १० हजार मध्ये ५२.७८ प्रतिशत अर्थात १३ करोड २० लाख ६६ हजार खर्च भएको शहरी विकास तथा भवन कार्यालयको प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पुँजीगत तर्फ शहरी विकास तथा भवन कार्यालयहरु शिर्षकको २२ करोड६० लाख १० हजारको ५१.९९ प्रतिशत अर्थात ११ करोड ७४ लाख ९६ हजार, संघीय अनुदान तर्फ बस्ती विकास कार्यक्रममा कुल १ करोडको २९.२२ प्रतिशत अर्थात २९ लाख २१ हजार, आवास ब्यवस्थापन कार्यक्रम तर्फ कुल ४५ लाखको ५६.८४ प्रतिशत अर्थात २५ लाख ५७ हजारर संघन शहरी विकास कार्यक्रम तर्फको कुल ९७ लाखको ९३.७१ प्रतिशत अर्थात ९० लाख ९० हजार रकम खर्च भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

त्यस्तै चालु तर्फ कुल कुल २ करोड १७ लाख ९२ हजार मध्ये ४४.३३ प्रतिशत अर्थात ९६ लाख ५९ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

पुँजीगत तर्फ सञ्चालित ५० लाख माथिका ११ वटा आयोजनाहरु मध्ये प्रादेशीक भवन डिभिजन कार्यालय भवन निर्माणको वित्तिय प्रगति शुन्य रहेको छ भने कुल १ करोड ७५ लाखको जनता आवास कार्यक्रमको भौतिक तथा वित्तिय प्रगति शुल्य रहेको कार्यालय प्रमुख दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया