शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मरिणमा प्रोत्साहन भत्ता लिन ५ जनाकोे आबेदन

आइतवार , बैशाख १०, २०८०

सिन्धुली – मरिण गाउँपालिकाले बितरणगर्ने स्नातक तह उर्तिण गरी विबाह गर्ने किशोरी तथा अबिवाहित महिलालाई प्रोत्साहन रकम प्रदान गर्ने प्रयोजनार्थमा ५ जनाले मात्रै आबेदन दिएका छन् । मरिण गाउँपालिकाले गत चैत्र २४ गते १५ दिन सम्म आबेदन दिनको लागि सुचना प्रकाशन गरेकोमा ५ जनाले मात्रै आबेदन दिएका हुन् ।

मरिण गाउँपालिका भित्र संचालित बिश्वबिद्यालय बाट अध्ययन गरि स्थायी रुपमा बसोबास गर्ने स्नातक तह उर्तिर्ण गरी बिवाह गर्नै किशोरी तथा अविवाहित महिलाहरुलाई पालिकाले १ लाख रुपैया प्रोत्साहन रकम हस्तान्तरण गर्ने आ.व २०७९/०८० को बजेट तथा कार्यक्रममा बजेट बिनियोजित गरेको थियो ।

आबदेनको लागि नागरिकता प्रतिलिपि ,स्नातक तह उर्तिण गरेको चारित्रिक प्रमाणपत्र,वडा कार्यालय बाट सिफारिस सहित फारम भर्नको लागि पालिकाले आह्वान गरेपनि ५ जना महिलाहरुले मात्रै आबेदन दिएको प्रमुख प्रशासकिय अधिकृत ओम दजले जानकारी दिनुभयो ।

किशोरीहरुलाई शिक्षामा उत्प्रेरित तथा आत्मनिर्भर बनाउनको लागि बजेट बिनियोजित गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउनु भयो । बिद्यालयमा अध्ययन गर्दा महिलाहरुको संख्या उच्च रहने तर स्नातक तह सम्म पुग्दा ८० प्रतिशत मात्रै रहने गरेकाले यो प्रतिशत लाई बढाउने गाउँपालिकाको मुख्य लक्ष्य रहेको उहाँले बताउनु भयो ।

अशिक्षित, आत्मनिर्भर नभएका कारण महिला हिँसा बढेको पाइएको, सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई आर्कषित गर्न, १ लाख नगद बाट सानोतिनो ब्यबसाय सन्चालन गरेर आत्मनिर्भर बन्नको लागि तथा माथिल्लो तहमा अध्ययन गर्नको लागि सहयोग पुग्ने बिश्वासका साथ मरिण गाउँपालिकाले सो निति निर्माण गरेको मोक्तानले बताउनु भयो ।

प्रक्रिया पुरा भइसकेपछि महिलालाहरुलाई १ लाख रकम प्रदान गरिने उहाले बताउनु भयो । मरिण गाउँपालिमामा एउटा मात्रै मरिण बहुमुखी क्याम्पस कपिलाकोटमा स्नातक तहको अध्ययन हुन्छ ।

प्रतिक्रिया