सिन्धुली – सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त अनुदान तर्फ ६ महिनामा पुँजीगत तर्फ ४७.०७ चालु तर्फ ४३.५५ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सिन्धुलीले जनाएको छ ।
संघीय अनुदान तर्फ चालुमा कुल ६ अर्ब, ६१ करोड ४७ लाख १० हजार ७९० रुपैयाँ मध्ये पौष मसान्त सम्म ४९.५३ प्रतिशत अर्थात ३ अर्ब २७ करोड ६३ लाख ५७ हजार ४७२ रकम खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ कुल ३ अर्ब १३ करोड १४ लाख ५१ हजार १४० मध्ये ७४.७६ प्रतिशत अर्थात २ अर्ब ४३ करोड १२ लाख ३७ हजार ९८७ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै प्रदेश अनुदान तर्फ चालु बजेटको कुल १ अर्ब २५ करोड, २४ लाख ७६ हजार ६२१ रुपैयाँ मध्ये ३४.११ प्रतिशत अर्थात ४२ करोड ७२ लाख ४६ हजार ६३० रुपैयाँ रकम खर्च भएको छ त्यस्तै पुँजीगत तर्फ कुल २ अर्ब २७ करोड ९९ लाख २१ हजार मध्ये ६.९२ प्रतिशत अर्थात १५ करोड ७८ लाख ४२ हजार ४१९ रुपैयाँ खर्च भएको छ ।
संघ तथा प्रदेश तर्फको चालु खर्च कुल ७ अर्ब ८६ करोड ७१ लाख ८७ हजार ४११ मध्ये ४७.०७ प्रतिशत अर्थात ३ अर्ब ७० कारेड ३६ लाख ४ हजार १०२ रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ कुल ५ अर्ब ४१ करोड १३ लाख ७२ हजार १४० मध्ये ४३.५५ प्रतिशत अर्थात २ अर्व ३५ करोड ७० लाख ८० हजार ४०६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीको प्रमुख हिरालाल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै चालु आर्थिक वर्षको पौष मसान्त सम्म संघ तर्फ ३७ करोड ५९ लाख ५६ हजार ७७४ रुपैयाँ र प्रदेश तर्फ ५ करोड १२ लाख ६९ हजार ५५१ रुपैयाँ गरि कुल ४२ करोड ७२ लाख २६ हजार ३३५ रुपैयाँ राजश्व संकलन भएको प्रमुख भण्डारीले बताउनुभयो ।