शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सवारी कारबाहिबाट एक महिनामै ४० लाख बढी राजस्व

बुधवार , माघ ४, २०७९

सिन्धुली – सिन्धुलीमा सवारी कारबाहीबाट एक महिनामै ४० लाख बढी राजस्व संकलन भएको छ । यहि पुस महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारबाहिबाट ४० लाख ३७ हजार राजस्व संकलन गरेको हो । जिल्ला भित्र चल्ने र जिल्ला हुदै चल्ने सवारी कारबाहीबाट उक्त रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजंग कार्कीले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम विपरित चलेका सवारी कारबाही गरिएको हो ।

जिल्ला सबै भन्दा बढी जिप कार कारबाहिमा परेका छन् । सवारी कागजपत्र नभएका तथा ट्राफिक नियम उल्लंघन गर्ने ९ सय ५६ जिप कार कारबाहिमा परेका छन् । त्यसबाट १० लाख ४ हजार ५ सय राजस्व संकलन भएको प्रमुख कार्किले बताउनुभयो ।

यस्तै, ८ सय ४ ट्रक कारबाहिबाट ८ लाख ७८ हजार, ५ सय ३८ बस कारबाहिबाट ५ लाख ५ हजार ५ सय, ९ सय ५ मोटसाइकल, स्कुटर कारबाहीबाट ९ लाख ४९ हजार राजस्व संकलन भएको छ । २ सय ट्याक्टर कारबाहिबाट २ लाख १ हजार र ३ सय ९७ अटो लगाएत अन्य सवारी कारबाहीबाट ३ लाख ९९ हजार राजस्व संकलन भएको छ । पछिल्लो समय दरबन्दी अनुसार ट्राफिक कर्मचारी भएसँगै सवारी चेकजाँचमा कडाइ गरि सवारी दुर्घटना न्यूनिकरणमा लागेको प्रमुख कार्कीले बताउनुभयो ।

प्रतिक्रिया