सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा सहुलियत पूर्ण कर्जा प्रवाह गर्नका लागि त्रिपक्षीय सम्झौता भएको छ । किसान र व्यवसायीलाई सहुलियत पुर्ण ऋण उपलब्ध गराउनका लागि मरिण गाउँपालिका, बैंक र हेफर प्रोजेक्ट नेपाल बिच त्रिपक्षीय सम्झौता भएको हो । सहुलियत पूर्ण ऋण दिनका लागि मरिण गाउँपालिका, सिद्धार्थ बैंक, प्रभु बैंक, एसबिआई बैंक र हेफर प्रोजेक्ट नेपाल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता अनुसार मरिण गाउँपालिकाका किसान र व्यवसायीहरुले ७ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिनुभयो । महँगो ब्याजदरमा ऋण लिएर व्यापार व्यवसाय गर्न बाध्य भएका किसान र व्यवसायीहरुलाई सहुलियत पूण ऋण उपलब्ध गराउन बैंकहरुसँग सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताउनुभयो । व्यवस्थित व्यवसायीक योजना भएका किसान र व्यवसायीहरुलाई सम्झौता भएका तिन ओटा बैंकहरुले यो बर्ष ५ करोड सम्म ऋण लगानी गर्ने उहाँले बताउनुभयो ।
वडा, गाउँपालिका, हेफर प्रोजेक्ट र बैंकहरुले अनुगमन, मूल्याङ्कन गरेर राम्रो व्यवसायीक योजना भएकाहरुलाई मात्रै सहुलियत ऋण उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो ।