शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको स्थानियतहमा संंघ र प्रदेशको साढे एक अर्ब अनुदान

बुधवार , मंसिर २८, २०७९

सिन्धुली – सिन्धुलीको नौँ स्थानिय तहमा संघ तर्फको झण्डै साढे एक अर्ब रकम अनुदान विनियोजन भएको छ । चालुआर्थिक वर्षको कार्तिक सम्म जिल्लाको नौँ स्थानिय तहमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट संघ तर्फको अनुदान एक अर्ब ३६ करोड ६२ लाख ७५ हजार विनियोजन भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीका अनुसार संघ तर्फको अनुदान सबै भन्दा बढी कमलामाई नगरपालिका प्राप्त भएको छ । कमलामाई नगरपालिकाले ३६ करोड ३७ लाख ५० हजार प्राप्त गरेको छ ।

यस्तै, दुधौली नगरपालिकाले ३० करोड ६२ लाख, सुनकोशी गाउँपालिकाले ९ करोड ५६ लाख, हहिरहरपुरगढी गाउँपालिकाले ८ करोड ८ लाख प्राप्त गरेको छ । गोलन्जोर गाउँपालिकाले १६ करोड ४२ लाख, मरिण गाउँपालिकाले ८ करोड ३५ लाख ७५ हजार, तिनपाटन गाउँपालिकाले १३ करोड ३७ लाख ५० हजार, घ्याङलेख गाउँपालिकाले ५ करोड ६५ लाख २५ हजार र फिक्कल गाउँपालिकाले ८ करोड १८ लाख ७४ हजार प्राप्त गरेको छ ।

जिल्लामा प्रदेशतर्फको स्थानिय तहलाई साढे १४ करोड अनुदान विनियोजन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चालु आर्थिक वर्षको कातिक सम्म १४ करोड ५२ लाख ३४ लाख ५ सय अनुदान विनियोजन भएको हो । प्रदेशबाट कमलामाई नगरपालिकामा १ करोड ८७ लाख २६ हजार ७ सय ५०, घ्याङलेख गाउँपालिकामा ६९ लाख ४१ हजार ५ सय, गोलन्जोर गाउँपालिकामा १ करोड ९५ लाख ४१ हजार ५ सय, फिक्कल गाउँपालिकामा १ करोड ६९ लाख ८३ हजार २ सय ५०, मरिण गाउँपालिकामा १ करोड ३९ लाख २८ हजार ५ सय, सुनकोशी गाउँपालिकामा १ करोड ७७ लाख ८ हजार ५ सय, तिनपाटन गाउँपालिकामा १ करोड ९३ लाख ११ हजार र दुधौली नगरपालिकामा १ करोड ८६ लाख ६७ हजार २ सय ५० अनुदान विनियोजन भएको छ ।

प्रतिक्रिया