सिन्धुली – सिन्धुली महोत्सवको २ सय ९० स्टल बुकिङ भइसकेको छ । सोमबार सम्म महोत्सवको २ सय ९० वटा स्टल बुकिङ भएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष तथा सिन्धुली महोत्सव २०७९ कासंयोजक अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । महोत्सवमा ३ सय ५० स्टल रहनेछ । बुकिङ भएका स्टल सबै भन्दा बढी कपडा र होटलका लागि रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साथै स्थानिय पास पनि धमाधम बनाइरहेको उहाँले बताउनु भयो । महोत्सवको तयारी तीव्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभएको छ । “कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरौँ, सम्बृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौँ” भन्ने मुल नाराको साथ सुरु हुन लागेको सिन्धुली महोत्सव पौष ८ गते देखि १८ गते सम्म चल्ने छ । महोत्सव सिन्धुलीको सदरमुकाम स्थित लोकतान्त्रिक चौरमा हुने छ ।
महोत्सवबाट हुने मुनाफाले जिल्लामा आधुनिक दमकल खरिद गरिनेछ । साथै व्यवसायिक प्रर्वद्धन गर्न, लगानी मैत्री वातावरणको श्रृजना गर्न, धामिर्क तथा पर्यटकिय प्रवद्र्धन गर्ने उदेश्य अनुसार महोत्सव आयोजना हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्वसमा कृषिमा धारित वस्तुहरु, हस्तकला, धरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य सामाग्री, अटोमोबाइल, विभिन्न यान्त्रीकरण उपकरणहरुको प्रदर्शनी, सुचना तथा इलोक्टोनिक्स प्रदर्शन, जडिवुटी तथा बनपैदावार प्रदर्शनी, व्यापारिक प्रयोजन बस्तु तथा सेवाहरु, रेष्टिुरेण्ट तथा होटल र जातिय तथा परम्परा खाना विक्रि, सेवा व्यवसाय, सरकारी कार्यालय, शैक्षिक, वित्तिय संस्था एवम अन्य संघ संस्थाहरुका सामाग्री प्रर्दशनी गरिनेछ ।