सिन्धुली – कमलामाई नगरपालिकाको आन्तरिक राजश्व लक्ष्य भन्दा बढी संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले लक्ष्य भन्दा १ करोड १६ लाख १३ हजार ९ सय ७४ बढी राजश्व रकम संकलन गरेको हो । नगरपालिकाले सबै भन्दा बढी घरवहाल कर संकलन गरेको छ ।
नगरले १ करोड २५ लाख १३ हजार १ सय ९९ रुपैया राजश्व संकलन गरेको छ । यस्तै एकीकृत सम्पती करबाट १ करोड १९ हजार ७ सय ४९ रुपैया संकलन भएको कमलामाई नगरपालिकाले जनाएको छ । भुमिकर मालपोत बाट २ लाख ६४ हजार ९ सय ९३, वहाल विटौरी कर ५६ लाख २९ हजार २ सय १२, अन्य स्रोतबाट प्राप्त २७ लाख ९३ हजार ४२, अन्य सेवा शुल्क तथा विक्रिबाट ३६ लाख ४५ हजार १ सय १८, पार्किङ शुल्क ७ लाख ७७ हजार ३ सय ५०,नक्सापास दस्तुर २६ लाख ८६ हजार २ सय ७२ रुपैया ८४ पैसा,सिफारिश दस्तुर ६० लाख ७६ हजार ७ सय ८४ रुपैया १९ पैसा, व्यक्तिगत घटना दर्ता ६ लाख ७९ हजार ५ सय ७६ रुपैया, नाता प्रमाणित दस्तुर ३ लाख २० हजार ४०, अन्य दस्तुर ४५ लाख ९ हजार १ सय ८२ रुपैया ५ पैसा, न्यायिक दण्ड, जरिवाना र जफतबाट २ हजार १ सय रुपैया, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३ लाख ४२ हजार ७ सय ६७ रुपैया ९० पैसा राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरपालिकाले धरौटी सदरस्याहाबाट ४ लाख ६२ हजार ५ सय ६५ रुपैया ५० पैसा, अन्य राजस्व ५१ लाख ६२ हजार ३ सय २७ रुपैया २८ पैसा, व्यवसाय कर ९ लाख ५४ हजार ९ सय ५० रुपैया र बेरुजु ६ लाख ६९ हजार ९ सय ५० रुपैया ६० पैसा गरि जम्मा ६ करोड ३३ लाख ५३ हजार ९ सय ७४ रुपैया ३३ पैसा राजश्व संकलन भएको नगरले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३३ लाख ५३ हजार ९ सय ७४ रुपैया ३२ पैसा राजश्व संकलन गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले जानकारी दिनुभयो । कमलामाइ नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख उपेन्द्र पोखरेलले बताउनुभयो । उहाँले सम्पूर्ण नगरवासीलाई करको दायारामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “कमलामाई नगरपालिकामा कर छलिका घटना हुने छैन । सबैलाई करको दायरामा ल्याउने छौँ । धनी गरिबलाई पक्षपात गर्ने छैनौ”’